काठमाडौं- नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी क्यानडाको भ्यानकुमरमा आयोजित एसिया प्यासिफिक ग्रुप अन मनी लाउन्डरिङ(एपीजी) को वार्षिक प्लेनरी बैठक सहभागी भई स्वेदश फर्किएका छन्। साउन ३ गते अधिकारी नेपाल फर्किएको नेपाल राष्ट्र बैंकले जनाएको छ।
गभर्नर अधिकारीको नेतृत्वमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यकालयका सचिव एवं सम्पत्ति शुद्धीकरणसम्वन्धी राष्ट्रिय समन्वय समितिका संयोजक उदयराज सापकोटा र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव धनराज ज्ञवालीको सहभागिता रहेको थियो। नेपालको सम्पत्ति शुद्धिकरण सम्वन्धि पारिस्पारिक मूल्याकन प्रतिवेदन उक्त वैंठ्कमा प्रस्तुत गरिएको थियो।
बैंठकमा एपीजीका सदस्य राष्ट्रहरु र पर्यवेक्षकका रुपमा फाइनान्सियल एक्सन टास्क फोर्स(एफएटीएफ), विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष, युएन अफिस अफ ड्रग्स एण्ड क्राइम(युएनओडीसी) लगायतका संस्थाहरुको सहभागिता रहेको राष्ट्र बैंकले जनाएको छ।
उक्त बैठकले नेपालले सम्पत्ति शुद्धिकरण सम्वन्धि पारिस्पारिक मुल्याङ्क प्रतिवेदन पारित गरेको छ। नेपालसँगै ब्रनाई र लाओसको प्रतिवेदन पनि पारित गरेको भएको राष्ट्र बैंकले जनाएको छ।
उक्त बैठकमा नेपालको पारस्परिक मूल्याङ्कनको प्रारम्भिक प्रतिवेदनका सम्वन्धमा विस्तृत छलफल भएको र मुल्याङ्कनकर्ताले यसअघिको मूल्याङ्कन गरेको रेटिङमा एक सुझाव स्तरोन्नति गरिएको राष्ट्र बैंकले जनाएको छ।
नेपालमा भएको सम्पत्ति शुद्धिकरण सम्वन्धी कानुन निर्माण र संसदमा संसोधनको तयारीको विषयले प्रमुख प्राथमिकता भएको बताइएको छ। प्लेनरी बैंठकले पारित गरेको पारस्परिक मूल्याङ्कन प्रतिवेदनको फलोअप प्रतिवेदन एपीजीमा पेस हुनेछ।
एपीजीले पारित गरेको प्रतिवेदन एफएटीएफ मार्फत ग्लोबल नेटवर्कमा प्रस्तुत गरेपछि त्यहाँ प्राप्त हुने सझावहरु कार्यान्वयनमा लैजान एक्सन प्लानसहितको प्रतिवद्धता सरकारले एफएटीएफ समक्ष पेस गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ। यस सिलसिलामा मुलुकको प्रत्यक्ष निगरानीमा रहनुअघि एफएटीएले नेपाललाई अव्जरभेसन अवधि प्रदान गर्नेछ।
यस अवधिमा पारिस्पारिक मुल्याङ्कन प्रतिवदनमा सुझाइएका कार्यहरु नेपालले कार्यान्वयनमा लैजानुपर्ने हुन्छ। उक्त सुझावहरु एफएटीएफका मापदण्ड र अन्य मुलुकले पालना गर्दै आएका विषलाई आधार मानेर पारित गरेको हुन्छ।
एपीजी एफएटीएफको क्षेत्रीय निकाय हो। यसले एसिया प्रशान्त क्षेत्रमा सम्पत्ति शुद्धीकरणसम्वन्धी एफएटीएफ मापदण्डनुसार नीति नियम र सो कार्यान्वयनका लागि आवश्यक अनुगमन र समन्वय गर्छ। यसले नेपालमा सन २०२१ देखि नेपालको तेस्रो चरणको पारस्परिक मूल्याङ्कन गरिरहेको छ। सन १९९५ मा स्थापना भएको एपीजीमा एसिया प्रशान्तका ४१ राष्ट्रहरु सदस्य छन्। यसको मुख्यालय अष्ट्रेलियाको सड्नीमा रहेको छ।
गभर्नर अधिकारीले एपीजीको वार्षिक बैठ्कपश्चात अमेरिकाको वाशिङ्गटन डीसीस्थित अन्तर्राष्ट्रिय मु्द्राकोषको मुख्यालयमा कोषका डेपुटी मनेजिङ्ग डाइरेक्टर एन्टोनेट सायहसहति साउथ इस्ट एसिया भोटिङ ग्रुपका कार्यकारी निर्देशक, मनी एण्डका का्यापिट मार्केट(एमसिएम) डिपार्टमेन्ट लीगल डिपार्ट र इन्टरनेशनल डेभलपमेन्ट फाइनान्स कर्पोरेशन(डिएफसी) का पदाधिकारीसँग सेफगार्ड एसेसमेन्ट, विस्तारिक कर्जा सुविधा, पारिस्परिक मुल्याङ्कन लगायतका विषयमा द्धिपक्षीय छलफल गरेका थिए।


