काठमाडौँ- रोजगारीका लागि बेलायत जान इच्छुक नेपाली नर्सहरूका लागि आवेदन खुलेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आवेदन खुलाएको हो।
पहिलो चरणमा एक सय जना स्टाफ नर्सका लागि आवेदन माग गरिएको छ। बेलायतमा नेपाली नर्स लैजान दुईपक्षीय सम्झौता भइसकेको छ। नेपाल सरकारले बेलायती सरकारलाई नर्स पठाइदिने गरी सम्झौता भएको हो।
बेलायत जानका लागि कात्तिक २ गतेसम्म आवेदन दिन सकिन्छ। पीसीएल नर्सिङदेखि स्नातकोत्तर तहसम्म अध्ययन गरेका नेपाली नर्स बेलायत जानका लागि योग्य हुन्छ।
दुई वर्षको कार्यानुभव अंग्रेजी भाषा परीक्षा आईईएलटीएसमा ७ स्कोर ल्याएको हुनुपर्ने व्यवस्था गरिएको छ।
बेलायत पुगेर नेपाली नर्सले नर्सिङ काउन्सिलमा पनि परीक्षा दिनुपर्छ। त्यो परीक्षा पास नगरेका नेपाली नर्स अस्थायी रूपमा रोजगारी गर्नपर्नेछ।
