२०८३ कार्तिक १६ गते आईतबार

ओलीकालको अभ्यासले सरकारलाई ठूलो दायित्व सिर्जना गर्‍यो, म सुधार गर्दैछु : अर्थमन्त्री

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन ७
prakashsharan_mahat

काठमाडौँ- नेपाली कांग्रेसका प्रवक्तासमेत रहेका अर्थमन्त्री डा प्रकाशशरण महत केपी शर्मा ओलीका पालामा गरिएको बजेट परिचालनको अभ्सासले सरकारलाई ठूलो दायित्व सिर्जना गरेको बताएका छन्। कांग्रेस केन्द्रीय समिति बैठकमा बोल्दै मन्त्री महतले यस्तो बताएका हुन्।

‘अर्थतन्त्रमा समस्या छ। ओलीजीको शासनकालमा सरकारीतन्त्रमा बजेटलाई जसरी परिचालन गर्ने अभ्यास थालियो,’ उनले भने, ‘स्रोत सुनिश्चितताका नाममा ५ करोडको बजेट लागेर ५ अर्बको ठेक्का लगाउने काम भयो। त्यसले ठूलो दायित्व सिर्जना भयो। त्यो दायित्व पूरा गर्न सकेका छैनौं। यसलाई सुधार गर्नुपर्ने स्थितिमा म उभिएको छु। बडो अप्ठ्यारो अवस्थामा जिम्मेवारी प्राप्त गरेको छु।’

अर्थतन्त्र विस्तारै लयमा फर्कँदै गरेको उनको दाबी छ। भविष्यमा रिजल्ट देखिने गरी काम गरिरहेको जिकिर गरेका मन्त्री महतले लोभमोह नगरीकन सुशासनका लागि काम गरिरहेको बताए।

‘बाह्य सञ्चिति ११ महिना आयात धान्न सक्ने अवस्था छ। रेमिट्यान्सले यसमा महत्वपूर्ण छ। टुरिजम पनि लयमा फर्किएको छ। विदेशी मुद्रा कमाउन सहयोग गरेको छ,’ उनले थपे, ‘ब्याजदरका कारणले केही समस्या देखिएको छ। यसमा सुधार हुने बित्तिकै हामी ठिक बाटोमा हुन्छौं। निजी क्षेत्रले राहात पाउँछ र अर्थतन्त्र सहज हुन्छ। आयात प्रतिबन्धले राजस्वमा नकारात्मक असर पर्‍यो। त्यसलाई लयमा ल्याउन मूल्य अभिवृद्धि कर धेरै क्षेत्रमा लाउन लागिएको छ। त्यसले राजस्व बढ्छ। यो वर्ष हामीले केही सुधार देखिन्छ।’

उनले विभिन्न मन्त्रालयका लागि कम बजेट परेको स्वीकार गरेका थिए।

प्रकाशित: २०८० साउन ७ गते आईतबार ०४:५८
प्रतिक्रिया

थप समाचार

विश्वको अर्थतन्त्र आकार १२८० खर्ब हुँदा नेपालको साढे ४५ अर्ब डलर मात्र

विश्वको कुल अर्थतन्त्रको ४२ प्रतिशतभन्दा बढी हिस्सा अमेरिका र चीनले ओगटेका छन्। अमेरिकाको अर्थतन्त्रको हिस्सा विश्वको एक चौथाइ छ। अमेरिका, चीन, जर्मनी र जापान—यी चार देशले मात्र विश्वको कुल...

निर्यातले खर्ब नाघ्दा पनि व्यापार घाटा ५ खर्बमाथि, आयातको दबदबा कायमै

काठमाडौँः चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा नेपालको वैदेशिक व्यापार उल्लेख्य रूपमा विस्तार भएको छ। निर्यातले पहिलोपटक तीन महिनामै खर्बको सीमा पार गरे पनि आयातको वृद्धिदर उच्च रहँदा...

बैंकको सेयर कर्जासँगै ब्रोकरको मार्जिन सुविधा, लगानीकर्ताका लागि के फरक?

बोनका अध्यक्ष डा गोपाल भट्टका अनुसार ब्रोकर प्रतिनिधिहरूसँगको छलफलमा २५ प्रतिशत आफ्नै मार्जिन राखेर बाँकी ७५ प्रतिशतसम्मको वित्तीय सुविधा लिन सकिने मोडेलबारे व्याख्या गरिएको छ।

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...

नीतिगत दरले बैंकको ब्याजदेखि बजारसम्म कसरी असर गर्छ?

नीतिगत ब्याजदर भनेको केन्द्रीय बैंकले अर्थतन्त्रमा कर्जा र पैसाको प्रवाहलाई प्रभावित गर्न निर्धारण गर्ने प्रमुख ब्याजदर हो। नेपालमा यस्तो दर नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत प्रयोग...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना