काठमाडौँ- लघुवित्त पीडितसँग वार्ता गर्न अर्थ मन्त्रालयले वार्ता समिति गठन गरेको छ। मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाका प्रमुख सहसचिव भुपाल बरालको संयोजकत्वमा वार्ता समिति गठन भएको हो।
समितिमा गृह मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय तथा नेपाल राष्ट्र बैंकका प्रतिनिधि रहनेछन्। पीडितसँग वार्ता गरी समाधानको उपाय सिफारिस गर्ने कार्यादेश समितिले पाएको अर्थका प्रवक्ता धनीराम शर्माले जानकारी दिए।
वार्ताका लागि सहजीकरण गरिदिन समितिले गृह मन्त्रालयलाई पत्राचार पनि गरेको छ। लघुवित्तबाट लिएको ऋण मिनाहा गर्न माग गर्दै लघुवित्त पीडितले प्रदर्शन गर्दै आएका छन्।


