काठमाडौँ- नेपाल राष्ट्र बैंकले साउन ७ गते जारी गरेको मौद्रिक नीतिअनुसार विदेश जाने नेपालीले वर्षमा बढीमा ५ हजार अमेरिकी डलर सटही सुविधा पाउने भएका छन्। वर्षमा दुई पटक सटही सुविधा उपलब्ध गराइने राष्ट्र बैंकले जारी गरेको निर्देशनमा उल्लेख छ।
यसरी विदेश जाँदा एक पटकमा बढीमा २ हजार ५ सय अमेरिकी डलर मात्र लिएर जान पाइने छ। तर भारत जाने नेपालीहरूले भने सटही सुविधा पाउने छैनन्। मौद्रिक नीति जारी हुनभन्दा अगाडिसम्म १ पटकमा १५ सय विदेशी परिवर्त्य मुद्रा बराबरको सटही सुविधा पाउँदै आएका थिए।
राष्ट्र बैंकले जारी गरेको सर्कुलर अनुसार साउन १२ गतेभन्दा अगाडि सटही सुविधा लिई विदेश भ्रमणमा गएका राहदानी बाहक नेपालीलाई परिवर्तित व्यवस्थानुसार अधिकतम २५०० डलर बराबरको सटही सुविधा दिन बाध्य नहुने बताइएको छ।


