काठमाडौँ- भुटान एयरले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणसँग अनुमति माग गरेको छ।
भुटानको पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत भुटान सिभिल एभिएसन अथोरेटीले पोखरा र गौतम बुद्धबाट उडानका लागि अनुमति मागेको गरेको प्राधिकरणले जनाएको छ। भुटानले २ वटा जहाजमार्फत उडान गर्नेसमेत जनाएको छ।
भुटान एयरले अहिले त्रिभुवन अन्तर्राष्ट्रिष विमानस्थलमा समेत उडान गरिरहेको छ। भुटानबाट आएको पत्रमा सक्दो छिट्टो अनुमति दिन अनुरोध गरिएको छ।
काठमाडौंको अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरिरहेकोले भुटान एअरलाइन्सलाई अनुमति दिन सकिने प्राधिकरणको भनाइ छ। यद्यपि यस विषयमा प्राधिकरणले अध्ययन भइरहेको बताएको छ।


