काठमाडौँ- अर्थमन्त्री प्रकाश शरण महतले देशमा राम्रो काम भईरहेको बेलामा नकारात्मक कुरा हावी भएको गुनासो गरेका छन्।
मंगलबार आन्तरिक राजस्व विभागले आयोजना गरेको व्यवस्थापन गोष्ठीलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले राज्यले गरेको कार्यहरुमा सबै सकारात्मक बनेर लाग्नुपर्ने बताए।
उनले भने, ‘यो देशमा यसै पनि नकारात्मक कुराहरु लोकप्रिय हुन्छ। गम्भीर काम भईरहेको छ सिरियस कुरा भईरहेको छ। त्यसलाई सकारात्मक भएर अगाडि ल्याउनु पर्छ।
अर्थमन्त्री महतले अर्थतन्त्रमा सुधार भईरहको र सबैले सकारात्मक बनेर अघि बढ्नु पर्ने बताए।
टयाक्सको बाटोमा नआएकाहरुलाई ट्रयाकमा ल्याउनु पर्ने कार्यमा सरकारले प्राथमिकता दिएर अगाडि बढ्नु पर्ने पनि उनको भनाइ छ।


