२०८३ कार्तिक १७ गते सोमबार

धरानमा गोरु काटेर गरिएको सहभोजबारे प्रहरी अनुसन्धान सुरु

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन ३२
Capture

धरान- धरान ११ स्थित मङ्गलबारेमा गोरु काटेर भोज खाइएको भन्दै सामाजिक सञ्जालमा भाइरल भइरहेको  भिडियोको विषयमा नेपाल प्रहरीले अनुसन्धान सुरु गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक प्रभु ढकालले सामाजिक सञ्जालमा आएका तस्बिर तथा भिडिओलाई आधार मानेर अनुसन्धान सुरु गरेको बताए।

‘घटनाका विषयमा हामीले गम्भिर रुपमा अनुसन्धान सुरु गरेका छौं’ प्रहरी उपरीक्षक ढकालले भने, ‘कसैले कानुन विपरित काम गरेको भए सजायँ हुन्छ।’

धरानको मङ्गलबारेमा मंगलबार मात्र गोरु काटेर जेल परेका दोषीहरु जेल बाहिर आएको खुशीयालीमा गोरु नै काटेर भोज लगाइएको भन्दै सामाजिक सञ्जालमा तस्विर तथा भिडियोहरु अपलोड भएका थिए। आदिवासी जनजातिको अधिकारको पक्षमा काम गर्दै आएका संघसंस्थाका प्रतिनिधि तथा क्रिस्चियन सोसाइटीका प्रतिनिधीहरु सो सहभोजमा सहभागी भएका खबरहरु स्थानीय सञ्चार माध्यमहरुले प्रकाशन\प्रशारण गरेका थिए।

गोरु काटेको अभियोगमा पक्राउ परेका विन्द्राकुमार राई र राजन परियार थुनामुक्त भएको खुसीयालीमा सो भोज लगाइएको बताइएको छ।

नेपालको संविधानको धारा ९ उपधारा (३) मा नेपालको राष्ट्रिय जनावरको रूपमा गाईलाई राखिएको छ। त्यस्तै, मुलुकी अपराध (संहिता) ऐन, २०७४, भाग २, परिच्छेद–२७ मा गाई गोरु काट्न नहुने उल्लेख छ। गाई गोरुलाई कुटी अङ्गभङ्ग भएमा निजलाई ६ महिनासम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था मुलुकी अपराध संहिताले गरेको छ।

यसैबीच,  धरानमा गोरु काटेर गरिएको सहभोजबारे राष्ट्रिय प्रजातन्त्र पार्टिले आपत्ती प्रकट गरेको छ। राप्रपा उपाध्यक्ष रविन्द्र मिश्रले आफ्नो फेसबुक पेजमा लेखेका छन् –

हिन्दुहरुको आस्था र विश्वासमाथि आघात पर्ने गरी धरानमा गोरु काट्ने र सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्दै विद्वेष पैदा गर्ने घटनालाई आपत्तिजनक भन्दै राप्रपा दु:ख व्यक्त गरेको छ।
सामान्य समाजमा सामान्यतया ‘मध्य दक्षिणपन्थी (Centre Right)’ र ‘मध्य वामपन्थी (Centre Left)’ नागरिकहरूको बाहुल्य हुन्छ। यी दुबै पक्षलाई बढी उत्तेजित तुल्याउने या दानवीकरण गर्ने काम भयो भने त्यसले ‘अतिवाद (Extremism)’ लाई जन्म दिन्छ।
पूर्णत: प्रचण्डीकरण भएको नेपाली नागरिक समाज र राजनीतिमा मध्य दक्षिणपन्थीहरूलाई अत्यधिक खिसिट्युरी गर्ने, हियाउने, दानवीकरण गर्ने, उत्तेजित तुल्याउने कार्य निरन्तररूपमा भइरहेको छ। यसले कसैको हित गर्दैन। अतिवादलाई मात्र जन्म दिन्छ। जान्नेसुन्नेहरूले बुझ्ने प्रयास गरून्।

 

प्रकाशित: २०८० साउन ३२ गते बिहिबार ०९:४०
प्रतिक्रिया

थप समाचार

कर्नालीको अपराजित यात्रामा ब्रेक, काठमाडौँ ४ विकेटले विजयी

काठमाडौँ: राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा काठमाडौँ गोर्खाजले कर्नाली याक्सलाई ४ विकेटले हराएको छ। लगातार तेस्रो जितको खोजीमा रहेको कर्नालीको...

भारतमा बिजुलीको माग २१.८८ प्रतिशत बढ्यो

नयाँ दिल्ली। औद्योगिक तथा व्यवसायिक गतिविधि विस्तारसँगै भारतमा विद्युत खपत बढ्दै गएको छ। बिजुलीको माग २१.८८ प्रतिशत बढेर १ खर्ब ५९ अर्ब ७६ करोड युनिट पुगेको छ। वृद्धिको मुख्य कारण चाडपर्वको...

नेप्सेमा करेक्सन जारी, कारोबार रकम पनि घट्यो

काठमाडौँः साताको पहिलो कारोबार दिन सोमबार नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन शुक्रबारदेखि सुरु भएको बजारको करेक्सनले आइतबार पनि निरन्तरता पाएको हो। नेप्सेसँगै यस दिन कारोबार...

दशैँमा किन चलेनन् नेपाली फिल्म? सिक्वेलले पनि तानेनन् दर्शक

दशैँको बिदा र चर्चित फिल्मका सिक्वेलले समेत दर्शकलाई हलसम्म किन तान्न सकेनन्?

प्रधानन्यायाधीश र न्यायाधीशको इनम ‘कनेक्सन’: सर्वोच्चको पूर्ण बैठकले के निर्णय गर्‍यो?

काठमाडौँ: सर्वोच्च अदालतका प्रधानन्यायाधीश र न्यायाधीशहरूसहितको पूर्ण बैठक सम्पन्न भएको छ। बैठकले ५ वटा निर्णय गरेको छ। प्रधानन्यायाधीश डा मनोजकुमार शर्मा र न्यायाधीश हरिप्रसाद फुँयालमाथि...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना