काठमाडौं– प्रहरी परिसर, काठमाडौंले मासिक समीक्षा विवरण सार्वजनिक गर्दै विगतको तुलनामा अपराधका घटना बढ्दै गएको बताएको छ। प्रहरी परिसर, काठमाडौंमा शुक्रबार आयोजित पत्रकार सम्मेलन गर्दै प्रहरीले साउन महिनामा अपराधको बिवरण सार्वजनिक गर्दै अपराधको घटना बढेको बताएको हो।
आर्थिक वर्ष २०८०/ ८१ मा अभद्र व्यवहारका ४४३ घटना भएका छन् भने बैंकिङ कसुरमा २१२ घटना दर्ता भएका छन्। आर्थिक वर्ष २०७९÷ ८० को तुलनामा घटनाको संख्या उल्लेख्य बढेका हुन्। आर्थिक वर्ष २०७९ / ८० मा अभद्र व्यवहारका ३७९ मात्र घटना भएका थिए।
कार्यक्रममा काठमाडौं प्रहरी प्रवक्ता एसपी कुमोध ढुंगेलले अपराधहरु जति नियन्त्रण हुनपर्ने त्यति हुन नसकेको बताए। ‘यो साधारण पुलिसबाट हुन सक्ने काम हैन। नलेज भएको टिम चाहिन्छ। साधन स्रोतको पनि कुरा छ’ एसपी ढुंगेलले भने, ‘जति हुनु पर्ने त्यही रुपमा नियन्त्रण भएको छैन। तर हामीले सुचनाको आधारमा मात्र काम गरिरहेका छौं।’
आफूहरुले साईवर व्युरोसंग पनि समन्वय गरेर अपराध न्युनिकरण र अपराधीलाई कानुनी दायरामा ल्याउने काम गरिरहेको दाबी उनको छ।


