काठमाडौं । भारतले प्याज निर्यातमा ४० प्रतिशत महसुल लगाउने घोषणा गरेको छ ।। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार भारतले शनिबारदेखि लागू हुने गरी प्याजको निर्यातमा महसुल लगाउने निर्णय गरेको हो ।
नेपालमा मुख्य चाडपर्व नजिकिँदै जाँदा भारतले प्याज निर्यातमा महसुल लगाएसँगै नेपाली बजारमा प्याजको मूल्य बढ्ने निश्चित जस्तै छ । भारतको अर्थ मन्त्रालयअन्तर्गत अप्रत्यक्ष कर तथा भन्सार बोर्डले २ भदौदेखि १५ पुससम्म लागू हुने गरी प्याज निर्यातमा महसुल बढाएको हो । भारत विश्वको सबैभन्दा ठूलो प्याज निर्यातकर्ता मुलुक हो ।
गत वर्ष नेपालले भारतबाट पौने ७ अर्बको प्याज आयात गरेको थियो ।


