भक्तपुर- पैसा चोरी गर्न एटीएम मेसिन फोड्दाफोड्दै एक व्यक्ति रंगेहात पक्राउ परेका छन्। भक्तपुर नगरपालिका-१० कमलविनायक भत्केको पाटीबाट प्रहरीले एटीएम तोडफोड गर्ने ती व्यक्तिलाई पक्राउ गरेको हो।
नबिल बैंकको एटीएम मेसिन तोडफोड गरिरहेको अवस्थामा पक्राउ पर्नेमा दाङ बबई गाउँपालिका-२ बस्ने २४ वर्षीय पूर्ण बहादुर खासु छन्। उनी गएराति प्रहरीले पक्राउ परेका हुन्।
प्रहरी वृत्त जगाती भक्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरिएको जानकारी दिइएको छ। खासुको साथबाट १ थान मार्तल, १ थान फलामको रड र १ थान ह्याक्सोसमेत प्रहरीले बरामद गरेको छ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको बताएको छ।


