२०८३ कार्तिक १९ गते बुधबार

दक्षिण एसियामा सुशासनका लागि संस्थागत सुधार र जवाफदेहिता आवश्यकः उपाध्यक्ष भट्ट

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, कार्तिक १९
bhatta

काठमाडौँः राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले दक्षिण एसियाको दिगो आर्थिक विकास र समृद्धिका लागि संस्थागत सुदृढीकरण, सुशासन र जवाफदेहिता आवश्यक रहेको बताएका छन्।

सार्वजनिक प्रशासनलाई नागरिककेन्द्रित, पारदर्शी र जवाफदेही बनाउनुपर्नेमा जोड दिँदै उनले राजनीतिक प्रतिबद्धतालाई व्यवहारमा संस्थागत जवाफदेहिताका रूपमा रूपान्तरण गर्नुपर्ने बताए।

बुधबार दक्षिण एसियामा सार्वजनिक प्रशासन र सुशासनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै भट्टले यस क्षेत्रका देशबीच सहकार्य र समन्वय विस्तार गर्नुपर्ने आवश्यकता औँल्याए।

उनका अनुसार दक्षिण एसियाले राजनीतिक अस्थिरता, कमजोर कानुन कार्यान्वयन, गरिबी, असमानता, जलवायु परिवर्तन र सार्वजनिक सेवा प्रवाहमा देखिएका कमजोरीजस्ता साझा चुनौती सामना गरिरहेको छ।

‘दक्षिण एसियामा सुशासनको आधारभूत चुनौती नीति, नियम वा संस्थागत संरचनाको अभाव मात्र होइन, बरु संस्थागत प्रतिबद्धता र वास्तविक सेवा प्रवाहबीचको खाडल हो,’ उनले भने।

नेपालको सन्दर्भमा उनले सङ्घीय शासन प्रणालीलाई प्रभावकारी बनाउन अन्तरसरकारी समन्वय, वित्तीय सङ्घीयता, प्रशासनिक क्षमता र संस्थागत जवाफदेहिता सुदृढ गर्नुपर्ने बताए।

त्यस्तै, विकास आयोजना तथा सार्वजनिक सेवा प्रवाहमा हुने भ्रष्टाचार न्यूनीकरणका लागि सार्वजनिक खरिद प्रक्रियालाई पारदर्शी बनाउने, प्रभावकारी लेखापरीक्षण गर्ने र अनुसन्धानलाई समयमै अघि बढाउनुपर्ने उनको भनाइ थियो।

डिजिटल शासनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै भट्टले यसले सेवा प्रवाहमा सुधार, प्रशासनिक ढिलासुस्ती न्यूनीकरण, पारदर्शिता अभिवृद्धि र सार्वजनिक निकायलाई नागरिकप्रति उत्तरदायी बनाउन सहयोग पुग्ने बताए।

उनले केन्द्रीकृत निर्णय प्रक्रियाबाट सहभागितामूलक विकेन्द्रित शासन, प्रक्रियामुखी प्रशासनबाट परिणाममुखी सेवा प्रवाह र खण्डित विकास योजनाबाट समन्वयात्मक तथा एकीकृत योजनातर्फ अघि बढ्नुपर्ने धारणा राखे।

सुशासन सुधार सरकारको मात्र जिम्मेवारी नभएको उल्लेख गर्दै उनले निजी क्षेत्र, नागरिक समाज, सञ्चारमाध्यम, प्राज्ञिक क्षेत्र र नागरिकबीच सहकार्य आवश्यक रहेको बताए।

यसैगरी, प्रशासनिक प्रतिष्ठानका कार्यकारी निर्देशक डा. रामप्रसाद घिमिरेले सार्वजनिक प्रशासनलाई नियन्त्रणमुखी संयन्त्रबाट सहानुभूति, तत्परता र विश्वासमा आधारित प्रणालीका रूपमा विकास गर्नुपर्ने बताए।

नागरिकले राज्यलाई नीति र कानुनभन्दा पनि सरकारी कार्यालय तथा कर्मचारीमार्फत अनुभव गर्ने उल्लेख गर्दै उनले सार्वजनिक सेवा प्रवाहकै क्रममा राज्यप्रतिको विश्वास कायम रहने वा कमजोर हुने बताए।

‘त्यही क्षणमा सामाजिक सम्झौता या त जीवित रहन्छ या समाप्त हुन्छ,’ उनले भने।

घिमिरेले प्रभावकारी सार्वजनिक प्रशासनका लागि नैतिकता, समावेशीकरण र क्षमता तीन आधारभूत प्रतिबद्धता हुनुपर्ने बताए। नैतिकता घुस अस्वीकार गर्ने विषयमा मात्र सीमित नभई जिम्मेवारीबोध र नागरिकप्रतिको चासोसँग पनि जोडिनुपर्ने उनको भनाइ थियो।

उनले सम्मेलनका सहभागीलाई सार्वजनिक प्रशासनका कमजोरी, असहमति र भुइँतहका वास्तविकता खुलस्त रूपमा प्रस्तुत गर्न आग्रह गरे। पुराना कार्यशैलीमाथि प्रश्न उठाउँदै सुधारका उपायबारे खुला छलफल गर्नुपर्नेमा उनले जोड दिए।

प्रकाशित: २०८३ कार्तिक १९ गते बुधबार ०४:५४
प्रतिक्रिया

थप समाचार

राष्ट्र बैंकको कारबाहीमा पर्यो हिमालयन बैंक

काठमाडौँः नेपाल राष्ट्र बैंकले अनिवार्य नगद मौज्दात (सीआरआर) सम्बन्धी व्यवस्था पालना नगरेको भन्दै हिमालयन बैंक लिमिटेडलाई ४ लाख २६ हजार ८८४ रुपैयाँ ९९ पैसा जरिवाना गरेको छ। राष्ट्र बैंकको...

अब एआईको निगरानीमा सेयर बजार, तथ्यांक विदेशमा राख्न नपाइने

नयाँ नीतिले सेयर बजारमा एआई र मेसिन लर्निङको प्रयोग, स्वचालित कारोबार प्रणाली, साइबर सुरक्षा, तथ्यांक संरक्षण तथा डिजिटल सेवासम्बन्धी व्यवस्थालाई समेटेको छ।

सामान्य अंकले बढ्यो नेप्से, नेपाल पुनर्बीमाको सेयरमा सकारात्मक सर्किट

काठमाडौँः बुधबार पनि सेयर बजारमा सामान्य सुधार देखिएको छ। अघिल्लो कारोबार दिन मंगलबार पनि सामान्य अंकले बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकले बुधबार पनि सोही लयलाई निरन्तरता दिएको...

को हुन् नवनियुक्त आईजीपी केसी? किन हुँदैछ ५३ साल दोहोरिएको चर्चा?

काठमाडौँ: सरकारले दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्रीको विशेष सुरक्षा...

मनोज केसी आईजीपी नियुक्त, दानबहादुरलाई प्रधानमन्त्रीको विशेष सुरक्षामा तानियो

काठमाडौँ: सरकारले एआईजी मनोज केसीलाई प्रहरी महानिरीक्षक (आईजीपी) बढुवा गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको एक मन्त्रीले बताए। दानबहादुर कार्कीलाई आईजीपीबाट...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
himali_hydro
शेयर बजार

हिमाली हाइड्रो फण्डले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाडौं। निर्माणाधीन सोना खोला जलविद्युत् आयोजनाको प्रबर्द्धक हिमाली हाइड्रो फण्ड लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। फण्डले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना