काठमाडौँ- वीर अस्पतालको छैटौं तलाबाट हाम फालेका पुरुषको मृत्यु भएको छ।
अस्पताल स्रोतका अनुासर अन्दाजी ४० वर्षीय पुरुषको मृत्यु भएको हो।
सोमबार बिहानको समयमा ‘बिरामीको आफन्त हुँ’ भन्दै अस्पतालमा प्रवेश गरेका उनले माथिल्लो तलामा गएर हाम फालेका थिए।
यद्यपि उनका कोही पनि आफन्त अस्पतालमा भएको अहिलेसम्म नपाइएको सूचना अधिकारी सागर मिश्रले बताए।


