२०८३ कार्तिक २० गते बिहिबार

पत्रकारिता र साहित्यबीच अन्योन्याश्रित सम्बन्ध छ

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ १८
Journalism

नेपालमात्र नभई संसारभरि पुस्तक लेखनलाई गन्तव्य बनाउने पत्रकारको संख्या धेरै छ। के राम्रो पत्रकार बन्न लेखक तथा किताब निकाल्ने उद्देश्य नै राख्नुपर्छ त? ‘सूर्य नेपाल कलिङ साहित्य महोत्सव’को तेस्रो दिन ‘साहित्य प्रवर्द्धनमा पत्रकारिताको भूमिका’ विषयमा भएको अन्तर्क्रिया एक जना सहभागीले सोधेको प्रश्न हो यो।

शुक्रबारदेखि सुरु भएको ‘सूर्य नेपाल कलिङ साहित्य महोत्सव’को अन्तिम दिन ‘साहित्य प्रवर्द्धनमा पत्रकारिताको भूमिका’ विषयको छलफल सत्रमा सहभागी तीन वक्ताले पनि साहित्यलाई नै उच्च महत्व दिए।

सञ्चारकर्मी अच्युत घिमिरेले सहजीकरण गरेको छलफलमा पत्रकारिता र पुस्तक लेखनमा सक्रिय बबिता बस्नेत, शेखर खरेल र अखण्ड भण्डारी वक्ता थिए।

भाइरल कन्टेन्टले बजार लिएको अहिलेको अवस्था नै संक्रमणकालीन रहेको जनाउँदै भण्डारीले अबको पत्रकारितामा साहित्यको चेत हुनुपर्ने बताए। ‘हामी संक्रमकालीन अवस्थामा छौं। गहनभन्दा भाइरल र चटपटे कन्टेन्ट बढी जान थाले’, उनले भने,‘सामाजिक सञ्जालमा आएका कुरा नै अहिले पढिन थाल्यो। अहिलेको हार्ड न्युजको ठाउँ यसैले लिएको छ।’ अबको पत्रकारितामा फरक ढंगबाट पाठकको मन छुने हुनुपर्ने सुनाउँदै उनले अब साहित्यको दर्जा माथि हुने बताए। ‘समाचार लेखेर एउटा पत्रकार सेलीब्रेटी नबन्न सक्छ तर एकजना साहित्यकार सेलिब्रेटी हुन सक्छ’, उनले साहित्यको महत्वलाई उठान गरे।

साहित्यले पार्ने प्रभाव पत्रकारिताले पार्ने प्रभावभन्दा कम नरहेको लेखक तथा पत्रकार बस्नेतको धारणा छ। पत्रकारिता र साहित्य दुवैको आफ्नै महत्व रहे पनि साहित्य सिर्जनामा आफ्नै मन र मस्तिष्क समेटिने उनले खुलाइन्। उनले भनिन्,‘पत्रकारितामा बाहिरी परिवेश हुन्छ। तर साहित्य आफ्नै परिवेश र मेरो सिर्जना हो। यसमा आफ्नै मन र मस्तिष्क हुन्छ। पत्रकारिताभन्दा साहित्य सिर्जना प्यारो हुन्छ।’

नेपालको छापामाध्यमको इतिहास र पत्रकारितालाई हेर्दा साहित्यिक पत्रकारिता नै अगाडि आएको देखिन्छ। अहिले पत्रकारितामा साहित्य, कला र सिर्जनाको पाटोलाई न्यून स्थान दिएको पाइन्छ। पत्रकारिता पेसागत र कर्पारेटसँग जोडिएर जाँदा साहित्यभन्दा राजनीति, आर्थिक, खेलकुदजस्ता विधागत समाचारहरुले बढी ठाउँ पाउँदै आएको छ। विधागत रुपमा भाग लगाउँदै जाँदा साहित्यका समाचारहरुले कम नै स्पेस पाएको भण्डारीले स्वीकार गरे। दैनिक ब्रोडसिटहरुमा कस्तो कन्टेन्टलाई ठाउँ दिने र कसरी ल्याउने भन्ने कुरा सम्पादकमा निर्भर रहने लेखक खरेलले बताए। यद्यपि नारायण वाग्ले, किशोर नेपाल जस्ता धेरैजसो सम्पादकको पृष्ठभूमि साहित्य नै रहेको उनले जोडे।

पत्रकारिता र साहित्यबीच अन्योन्याश्रित सम्बन्ध रहेको भन्दै भण्डारीले साहित्यभन्दा राजनीतिक गतिविधिहरु बढी हुँदा साहित्यिक समाचारहरु ओझेल परेको बताए। उनले पत्रकारिताले साहित्यलाई स्थान दिएको जिकिर गरे। उनले भने, ‘कुन कुरा छाप्ने र नछाप्ने भन्ने कुरा निर्धारण गुणस्तरबाट हुन्छ। कहिलेकाहीँ चाहेजस्तो रचना पाइरहेको हुँदैन। कसको कुरा छाप्ने र कहिलेसम्म नछाप्ने भन्ने सिन्डिकेटका कुरामा हामी सचेत गराइरहेका हुन्छौं।’

पत्रकारिता गर्न फिल्डमै जानुपर्छ। यो रियालिटी बेस नै हुनुपर्छ। पत्रकारितामा देखेको कुरा साहित्यमा ढाल्न भने मन दुखाउनुपर्ने बताउँदै बस्नेतले साहित्यलाई भावनासँग जोडिन्। ‘पत्रकारिता गर्न तालिम लिएर गर्न सकिन्छ। तर तालिम लिएर साहित्यकार भएको कतै सुनिएको छैन। एकजना साहित्यकारले ब्रह्माण्ड भ्याइदिन सक्छ।’ पत्रकारितालाई संग्रह गरी राख्न पनि साहित्यले सघाउने उनको मत छ।

कुमार नगरकोटी, नयनराज पाण्डेजस्ता साहित्यिक स्रष्टाहरु साहित्य क्षेत्रमा मात्र छन्। ठूला ब्रोडसिटहरुले साहित्यलाई ठाउँ दिइरहेको छ। यसलाई खुसीको रुपमा लिनुपर्ने बताउँदै खरेलले साहित्यको स्तरमाथि उठ्ने आशा व्यक्त गरे। पत्रिका छापियो तर पुर्‍याउन गाह्रो भएको अवस्था अहिले छ। छाप्न र पुर्‍याउन गाह्रो अवस्थाले साहित्यिक पत्रपत्रिकाहरु टिक्नै नसकिरहेको अवस्थालाई उनले इंगित गरे। आर्थिक र कर्पारेटसँग जोडिएपछि कठिन भएको साहित्य पत्रकारितालाई नेपाल बाहिर पनि गाह्रै छ।

‘साहित्यमा जीवन्त वर्णन हुन्छ। फिचर लेखहरुमा साहित्यका धेरै तत्वहरु आएका छन्। सहानुभूति र दारुण कथाहरु पनि आएका छन्। यसमा सूचना र समवेदना दुवै आउन सक्छन्। यो पत्रकारको खुबी र क्षमतामा भर पर्छ’, उनले भने। यसैमा भण्डारीले साहित्यलाई कथिक कलाका रुपमा लिए। बस्नेतले भने पत्रकारितामा अहिले समालोचनाको काम अलि कम भएको सुनाइन्। उनका अनुसार साहित्यलाई दिने स्पेस एकदमै कम रहेपनि अहिले आफ्नो कुरा आफैं राख्ने सामाजिक सञ्जालहरु छन्। मनका कुरा आफैं डायरीमा थन्काउनुपर्ने अवस्था छैन। ‘पत्रिकाले महत्व नदिए पनि अहिले स्पेशको खाँचो छैन । महिनौं कुर्नुपर्ने अवस्था पहिले जस्तो छैन’, उनले भनिन्।

पत्रकारितामा लेखेका कुरा बालुवामा लेखेजस्तो भएपनि साहित्यमा संग्रहणीय हुने वक्ताहरुले सुनाए।

प्रकाशित: २०८० भदौ १८ गते सोमबार ०१:१४
प्रतिक्रिया

थप समाचार

प्रताप सुवेदी नेप्सेको सीईओ नियुक्त, यस्तो छ उनको पृष्ठभूमि

काठमाडौँ: सरकारले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा प्रताप सुवेदीलाई नियुक्त गरेको छ। अर्थ मन्त्रालयले गठन गरेको छनोट समितिको सिफारिसमा मंगलबार बसेको मन्त्रिपरिषद्...

समस्याग्रस्त कर्णाली विकास बैंकको पछिल्लो अवस्था के छ?

यसरी कर्णाली डेभलपमेन्ट बैंकको भविष्य अझै राष्ट्र बैंकले तय गर्ने व्यवस्थापन र पुनः सञ्चालनको मोडालिटीमा निर्भर छ। तत्कालका लागि ऋण असुलीमार्फत साना निक्षेपकर्तालाई रकम फिर्ता गर्ने प्रयास...

‘एलपी ग्यासमुक्त पालिका’ योजना कार्यान्वयन गर्न ऊर्जामन्त्रीको निर्देशन

'नवीकरणीय ऊर्जालाई अनुदानबाट उद्यम र रोजगारीसँग जोड्नुपर्छ'

बैंक तथा वित्तीय क्षेत्रमा एआईबाट हुने जोखिम नियन्त्रण गर्न ग्लोबल रिसर्च ग्रान्ट घोषणा

काठमाडौँ: आर्टिफिसियल इन्टेलिजेन्स (एआई)तथा साइबर सुरक्षा अनुसन्धान संस्था ‘सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एण्ड इनोभेसन नेपाल’ (सीएसआरआई नेपाल)ले बैंक, वित्तीय संस्था तथा बीमा (बीएफएसआई)...

दक्षिण एसियामा सुशासनका लागि संस्थागत सुधार र जवाफदेहिता आवश्यकः उपाध्यक्ष भट्ट

काठमाडौँः राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले दक्षिण एसियाको दिगो आर्थिक विकास र समृद्धिका लागि संस्थागत सुदृढीकरण, सुशासन र जवाफदेहिता आवश्यक रहेको बताएका छन्। सार्वजनिक...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
himali_hydro
शेयर बजार

हिमाली हाइड्रो फण्डले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाडौं। निर्माणाधीन सोना खोला जलविद्युत् आयोजनाको प्रबर्द्धक हिमाली हाइड्रो फण्ड लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। फण्डले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा...
kalyan
ब्लग

नेपाल प्रहरी जनताको सेवक हुने कि जनताको त्रासदिमा रमाउने?

मुलुकको सुरक्षा, जनचेतना, सामाजिक न्याय र अमनचयनको विषयलाई समाजशास्त्रको दृष्टिबाट हेर्दा नेपाल प्रहरी केवल एक ‘कानुन कार्यान्वयन गर्ने निकाय’ मात्र नभई राज्यको राजनीतिक, आर्थिक र सांस्कृतिक...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना