काठमाडौं– नेपाली सेनाले जिम्मा लिएको तराई÷मधेस द्रुतमार्ग निर्माणको भौतिक प्रगति हालसम्म २६ प्रतिशत सम्पन्न भएको छ। आव २०७९/८० साउन मसान्तसम्मको भौतिक प्रगति २६.१४ प्रतिशत भएको सेनाले जनाएको हो।नेपाली सेनाले पत्रकार सम्मेलन गरी सडक आयोजनाको कार्यप्रगति विवरण सार्वजनिक गरेको हो।
आयोजनाको मोबिलाइजेसनसहित वित्तीय प्रगति २८.११ प्रतिशत रहेको काठमाडौं–प्रमुख कमलविक्रम शाहले बताए। आयोजनाको समष्टिगत कार्ययोजनामुताविकका ११ वटा क्लस्टरअन्तर्गतका १३ वटा निर्माण प्याकेजमध्ये १ देखि ७ नम्बरसम्मका प्याकेज निर्माणाधीन अवस्थामा रहेको उनले जनाए।
द्रुतमार्गको सिस्नेरी तथा मख्खुबेंसी खण्डअन्तर्गत पर्ने प्योकेज नम्बर ८क, ९क र ९खको द्रुतमार्गको मख्खुबेंसी तथा सिस्नेरी खण्डको प्याकेज नम्बर ८क, ९क र ९खको १३ भदौ २०८० मा बोलपत्र खोलेर भई मूल्यांकन भइरहेको छ। त्यसैगरी द्रुतमार्गको मख्खुबेंसी तथा महादेवटार खण्डमा पर्ने प्याकेज नम्बर ८ ख र १० को १ भदौ २०८० मा बोलपत्र आह्वान गरिएको सेनाले जनाएको छ।
आयोजनाको करिब ९५ प्रतिशत प्याकेज कार्यान्वयन तथा खरिद प्रक्रियामा प्रवेश गरिसकेको छ। आयोजनाको प्याकेज नम्बर ११ अन्तर्गत पर्ने खोकना इलाकामा द्रुतमार्गको सुरु बिन्दु निर्धारण, सवारी आवागमन व्यवस्थापनसम्बन्धी निर्णय र जग्गा अधिग्रहण विवाद समाधानपछि खरिद प्रक्रिया थाल्ने गरी तयारी अवस्थामा रहेको पनि उनले बताए।
हालसम्म निर्माणाधीन तीन वटा सुरुङ मार्गको कुल लम्बाइ ६.४१५ किलोमिटरमध्ये २.६६७ किलोमिटर सुरुङ निर्माण सम्पन्न भएको छ। प्रमुख शाहका अनुसार हालसम्म ठेक्का व्यवस्थापन भई कार्यान्वयनमा रहेका प्याकेज नम्बर १ देखि ५ सम्मका ४५ वटा पुलहरुको डिजाइन सम्पन्न भइसकेका १ हजार ७ सय ६८ वटा पाइलमध्ये १ हजार ५३ वटा पाइल निर्माण कार्य सम्पन्न भइसकेको छ ।
आयोजना निर्माणका लागि जम्मा १५ हजार ४ सय १६ रोपनी जग्गा अधिग्रहण गर्नुपर्नेछ। काठमाडौं–तराई/मधेस द्रुतमार्ग सडक आयोजनाको कुल लम्बाइ ७०.९७७ किलोमिटर छ।
१४ जेठ २०७४ तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निजगढमा शिलान्यान्स गरी निर्माण थालिएको आयोजना २०८३ चैत मसान्तसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य छ। आयोजनाको कुल लागत २ खर्ब ११ अर्ब ९३ करोड छ।


