२०८३ कार्तिक २१ गते शुक्रबार

अमेरिकापछि चीन गएर के गर्छन् प्रचण्ड?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ २९
prachanda

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असोज ५ गतेदेखि छिमेकी देश चीनको भ्रमण गर्ने भएका छन्। प्रचण्डले प्रतिनिधि सभालाई चीन र अमेरिका भ्रमणका विषयमा जानकारी दिँदै उनले असोज ५ गतेदेखि चीनको भ्रमण गर्न लागेको जानकारी गराएका हुन्।

‘संयुक्त राष्ट्रसंघको ७८ औं महासभाको उच्चस्तरीय सत्रलाई सम्बोधन पश्चात असोज ५ गते छिमेकी मुलुक जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि हाङ्गजाउ जाने कार्यक्रम तय भएको छ,’ प्रधानमन्त्रीले प्रतिनिधि सभामा भने, ‘संयुक्त राष्ट्रसंघमा गर्ने सम्बोधन र चीन भ्रमणको तालिका बीच अत्यन्त छोटो समय रहेका कारण म न्यूयोर्कबाट सिधै छिमेकी मित्रराष्ट्र चीनको भ्रमणमा जानुपर्ने परिस्थिति बन्न गएको हो।’

नेपालको प्रधानमन्त्रीको हैसियतमा तेस्रो पटक चीन जान लागेका उनले नेपाल–चीनबीच विद्यमान द्विपक्षीय सम्बन्ध थप उच्च र प्रगाढ हुनेछ भन्ने विश्वास लिएको बताए।

हाङ्गजाउमा चिनियाँ राष्ट्रपति महामहिम सी चीनफिङसँग भेटघाटको कार्यक्रम रहेको उनले बताए। सोही दिन १९औं एसियन गेमको समुद्घाटन समारोहमा सहभागी हुनेछन्। त्यस्तै २५ सेप्टेम्बरमा बेइजिङ्गमा समकक्षी महामहिम लि छियाङ्सँग भेटघाट तथा द्विपक्षीय वार्ताको कार्यक्रम रहेको प्रधानमन्त्रीले जानकारी गराए।

त्यसपछि कृषि तथा प्रविधिको क्षेत्रमा छोटो समयमै उच्च सफलता हासिल गरेको चीनको छोङछिङ्ग महानगरपालिकामा रहेको छोङछिङ्ग एकेडमी अफ एग्रीकल्चरल साइन्सलगायत विज्ञान तथा प्रविधि विकासका क्षेत्रहरूको अवलोकन गर्ने पनि उनले बताए।

छोङछिङ्गको भ्रमण पश्चात नेपालसँग सीमाना जोडिएको चीनको तिब्बत स्वशासित क्षेत्रको भ्रमणमा जानेछन्। त्यहाँका उच्च पदस्थ अधिकारीहरूसँग भेटवार्ता गरी नेपाल फर्कने कार्यक्रम रहेको उनले जानकारी दिए।

कोभिड महामारीपछि प्रधानमन्त्रीको स्तरमा नेपालका प्रधानमन्त्री पहिलो पटक चीन जान लागेका हुन्। भ्रमणका क्रममा नेपालको पूर्वाधार विकास, कृषि, उर्जा, पर्यटन, स्वास्थ्य, शिक्षा लगायत विविध क्षेत्रमा छिमेकी मित्रराष्ट्र चीनबाट प्राप्त सहयोगबारे छलफल हुने बताइएको छ। भ्रमणका क्रममा कोभिडको कारण नियमित हुन नसकेका द्विपक्षीय व्यापार नाका र परम्परागत सीमा नाकाहरू खोल्ने विषयमा समेत कुराकानी हुने प्रधानमन्त्रीको भनाइ छ।

‘भ्रमणबाट सहयोगात्मक सम्बन्ध थप सुदृढ हुने तथा आपसी सहयोगका क्षेत्रहरू थप विस्तार हुँदै जाने मैले विश्वास लिएको छु,’ उनले भने। असोज ८ गते उनी नेपाल फर्कने कार्यक्रम छ।

अमेरिकामा के गर्नेछन्?
दाहाल संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन भदौ ३० गते संयुक्त राज्य अमेरिकाका लागि प्रस्थान गर्दैछन्। प्रधानमन्त्री असोज ४ गतेसम्म अमेरिकामा रहनेछन्।

महासभा अन्तर्गत हाई लेभल सेगमेन्ट सेप्टेम्बर १८ देखि २६ सम्म चल्नेछ। उक्त सेगमेन्टमा प्रधानमन्त्री सहभागी हुने कार्यक्रम छ। दिगो विकससम्बन्धी उच्चस्तरीय छलफलमा जलवायु परिवर्तन, विश्वव्यापी महामारीका कारण सिर्जित स्वास्थ्य चुनौती सामना गर्नेलगायतका सवालमा छलफल हुने मन्त्री साउदले जानकारी दिए।

भ्रमणमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउदज्यूसँगै सम्माननीय प्रधानमन्त्रीज्यूका मुख्य राजनीतिक सल्लाहकार, राष्ट्रिय सुरक्षा सल्लाहकार, मुख्य सचिव, परराष्ट्र सचिवलगायत नेपाल सरकारका उच्चपदस्थ पदाधिकारीहरु सहितको उक्त प्रतिनिधिमण्डलमा संयुक्त राज्य अमेरिकाका लागि नेपालका राजदूत, संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी प्रतिनिधि, न्यूयोर्कस्थित महावाणिज्यदूतावासका पदाधिकारीहरु लगायत अन्य सदस्यहरुका साथै नेपालबाट मिडिया प्रतिनिधिहरुसमेत सहभागी हुनेछन्। प्रधानमन्त्रीले असोज ४ गते नै महासभामा सम्बोधन गर्ने कार्यक्रम छ।

महासभाकै क्रममा प्रधानमन्त्रीले साइडलाइनमा विभिन्न देशका राष्ट्रप्रमुख रसरकार प्रमुख तथा प्रतिनिधिमण्डलका नेताहरुसँग भेटवार्ताको कार्यक्रम तय गरिएको छ। सम्माननीय प्रधानमन्त्रीज्यू संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने रात्रीभोजमा सहभागी हुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।

अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुनका लागि प्रयासरत नेपालले यसपटक उक्त समूहको अध्यक्षतासमेत गर्नेछ। यसैगरी नेपालले साविक बमोजिम वार्षिक रुपमा आयोजना हुँदै आएका जी-७७ लगायतका बैठकमा समेत भाग लिनेछ।

संयुक्त राष्ट्रसंघको ७८औँ महासभाको उच्चस्तरीय सत्रमा सहभागिता पश्चात मिति असोज ५ गते सम्माननीय प्रधानमन्त्री चीन प्रस्थान गर्ने कार्यक्रम तय भएको छ।

प्रकाशित: २०८० भदौ २९ गते शुक्रबार ०२:३३
प्रतिक्रिया

थप समाचार

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नचल्दा होटल व्यवसायीको अर्बौं लगानी जोखिममा

विमानस्थल सञ्चालनको अनिश्चितताको असर होटल व्यवसायमा मात्र सीमित छैन। बैंकको ऋण तिर्न कठिनाइ, रोजगारीको अनिश्चितता र सुस्ताएको स्थानीय अर्थतन्त्रले समेत यसको मूल्य चुकाइरहेका छन्।

४ खर्बको बूढीगण्डकीसहित साढे २४ खर्बका आयोजना सोकेश गरिँदै [सूची]

रकारले लगानीमैत्री वातावरण निर्माणका लागि ५९ वटा कानुनको मस्यौदा तयार पारेको छ।

लगानीकर्ता संरक्षण कोषमा १ अर्ब उपयोगविहिन, सेबोन मातहत ल्याउन सम्भव छ?

कम्पनी रजिस्ट्रारको कार्यालयमा रहेको कोषलाई सेबोन मातहत ल्याएर बजारमा संकट पर्दा लगानीकर्तालाई राहत दिने, क्षतिपूर्तिको व्यवस्था गर्ने, वित्तीय साक्षरता बढाउने तथा बजारको स्थायित्व कायम...

समस्याग्रस्त कर्णाली विकास बैंकको पछिल्लो अवस्था के छ?

यसरी कर्णाली डेभलपमेन्ट बैंकको भविष्य अझै राष्ट्र बैंकले तय गर्ने व्यवस्थापन र पुनः सञ्चालनको मोडालिटीमा निर्भर छ। तत्कालका लागि ऋण असुलीमार्फत साना निक्षेपकर्तालाई रकम फिर्ता गर्ने प्रयास...

अब एआईको निगरानीमा सेयर बजार, तथ्यांक विदेशमा राख्न नपाइने

नयाँ नीतिले सेयर बजारमा एआई र मेसिन लर्निङको प्रयोग, स्वचालित कारोबार प्रणाली, साइबर सुरक्षा, तथ्यांक संरक्षण तथा डिजिटल सेवासम्बन्धी व्यवस्थालाई समेटेको छ।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
himali_hydro
शेयर बजार

हिमाली हाइड्रो फण्डले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाडौं। निर्माणाधीन सोना खोला जलविद्युत् आयोजनाको प्रबर्द्धक हिमाली हाइड्रो फण्ड लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। फण्डले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा...
kalyan
ब्लग

नेपाल प्रहरी जनताको सेवक हुने कि जनताको त्रासदिमा रमाउने?

मुलुकको सुरक्षा, जनचेतना, सामाजिक न्याय र अमनचयनको विषयलाई समाजशास्त्रको दृष्टिबाट हेर्दा नेपाल प्रहरी केवल एक ‘कानुन कार्यान्वयन गर्ने निकाय’ मात्र नभई राज्यको राजनीतिक, आर्थिक र सांस्कृतिक...
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना