२०८३ कार्तिक १३ गते बिहिबार

ठेक्का पाएको दुई वर्षसम्म पनि काम सुरु भएन

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, चैत १८
bramdev
कञ्चनपुरको ब्रह्मदेव बजार। यहाँबाट डडेल्धुराको जोगबुढासम्म जाने सडक ठेक्कामा दिएको दुई वर्षमा समेत काम सुरु भएको छैन।

कञ्चनपुर-  महाकाली लोकमार्गअन्तर्गत कञ्चनपुरको ब्रह्मदेवदेखि डडेल्धुराको जोगबुढासम्म ट्र्याक खोल्न निर्माण व्यवसायीले ठेक्का पाए पनि काम भने अगाडि बढ्न सकेको छैन। ठेक्का पाएको दुई वर्ष हुन लाग्दा पनि पनि ट्र्याक खोल्नुपर्ने क्षेत्रमा रुख कटानको आदेश नआएकाले काममा असर परेको हो।

महाकाली करिडोरको शून्य बिन्दु-कञ्चनपुरको ब्रह्मदेवदेखि डडेल्धुराको जोगबुढासम्म १५ किमी-ट्र्याक खोल्ने कामको ठेक्का लिएको दुई वर्ष हुन लाक्दा पनि ट्र्याक खोल्नुपर्ने क्षेत्रमा रुख कटानको आदेश नआएकाले ११ किलोमिटर ट्र्याक खोल्ने काम रोकिएको निर्माण व्यवसायी देवीदत्त भट्टले बताए।

दिवा–सनिदेव जेभीसँग विसं २०८० असारसम्म निर्माण सम्पन्न गर्ने गरी रू पाँच करोड ५० लाखमा ठेक्का सम्झौता भएको थियो। ‘रुख कटानको आदेश आउँछ भनेको डेढ वर्ष भइसक्यो,’ उनले भने, ‘डडेल्धुरातर्फको चार किमीमा रुख कटानको आदेश आएपछि ट्र्याक खोलिसक्यौँ तर कञ्चनपुरतर्फको भने रोकिएको छ।’

निर्माण व्यवसायी भट्टले उपकरणसहित कार्यक्षेत्रमा तयारी अवस्थामा बसे पनि रुख कटानको आदेश नआउँदा काममा ढिलाइ हुनाका साथै आर्थिक नोक्सानी व्यहोर्नु परेको गुनासो गरे।

लोकमार्गको उक्त खण्डमा पहिलो चरणमा ब्रह्मदेव क्षेत्रमा एक हजार नौ सय ५१ रुख कटान गर्नुपर्नेछ। ‘ठेक्कको समयावधि आगामी असारसम्म छ,’ उनले भने, ‘रुख कटानको आदेश आउला र काम सुरु गरौँला भनेर बसेका छौँ।’

निर्माण व्यवसायी भट्टले ब्रह्मदेव क्षेत्रको सेल्फी डाँडासम्म रुख नभएकाले ट्र्याक खोल्न समस्या नभएको बताए। ‘ठेकेदारले काम गरेन भनेर बद्नाम धेरै गर्छन्,’ उनले भने, ‘तर सरकारी उल्झनले काम गर्ने वातावरण नहुँदा काम गर्न समस्या भइरहेको छ।’

त्यस्तै महाकाली करिडोर दार्चुला तिङ्कर सडक आयोजनाले रुख कटानको विषय अघि बढिसकेको जनाएको छ। सोही लोकमार्गअन्तर्गत डडेल्धुरा क्षेत्रको एउटा प्याकेजले एक वर्षदेखि रुख कटानको आदेश पर्खिरहेको छ। डडेल्धुरामा लोकमार्गको २८ देखि ३८ किमीसम्मको भागमा रुख कटानको आदेश आएपछि काम भइरहेको छ। उक्त ट्र्याक खोल्ने जिम्मा केएस–मित्र जेभी कम्पनीले लिएको थियो।

रुख कटानको आदेश नआइ काम गर्नसक्ने अवस्था नभएको कम्पनीका प्रतिनिधि डिल्लीराज लेखकले बताए। ‘३८ देखि ६५ किमीसम्मको २७ किमी ट्र्याक खोल्ने ठेक्का भएको वर्ष दिन हुँदा पनि रुख कटानको आदेश नआएपछि काम सुरु भएको छैन,’ उनले भने, ‘निर्माणको ठेक्का सम्झौता गर्नुअघि नै काम गर्ने वातावरण सरकारले बनाइदिनुपर्दथ्यो।’

उक्त क्षेत्रमा ६ हजार रुख कटान गर्नुपर्ने प्रतिनिधि लेखकले जानकारी दिए। छत्तीस महिनाभित्र सडकको ट्र्याक खोल्ने गरी रू २३ करोडमा ठेक्का सम्झौता भएको थियो।

प्रकाशित: २०७९ चैत १८ गते शनिवार ०८:४०
प्रतिक्रिया

थप समाचार

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...

नीतिगत दरले बैंकको ब्याजदेखि बजारसम्म कसरी असर गर्छ?

नीतिगत ब्याजदर भनेको केन्द्रीय बैंकले अर्थतन्त्रमा कर्जा र पैसाको प्रवाहलाई प्रभावित गर्न निर्धारण गर्ने प्रमुख ब्याजदर हो। नेपालमा यस्तो दर नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत प्रयोग...

मुद्रास्फीतिको दबाबले सर्वसाधारणको जीवनमा कस्तो असर पर्छ?

सरल भाषामा भन्नुपर्दा, अर्थतन्त्रमा वस्तु तथा सेवाको मूल्य बढ्ने वा मूल्यवृद्धिको जोखिम बढ्ने अवस्था नै मुद्रास्फीतिको दबाब बढ्नु हो।

३ हजारको सामान किनेकी सन्तमायाले जितिन् १० लाख, १ लाख जित्ने १६ जना को? [सूची]

काठमाडौँ: नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गरेर लिएको बिलका आधारमा १० लाख रुपैयाँ जितेकी छन्। आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत गोलाप्रथाबाट...

१० लाखमाथिको कारोबारमा सेबोनको निगरानी, लगानीकर्ताको विवरण र रकमको स्रोत जाँचिने

कम्पनीको नाममा कारोबार भए पनि ‘वास्तविक धनी’ खोजिने, उच्च पदस्थ व्यक्तिको कारोबारमा थप निगरानी
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना