२०८३ कार्तिक १२ गते बुधबार

अझै फैलिँदैछन् ‘सेभेन स्टार’का सूत्रधार

 |  हरिप्रसाद शर्मा
Sanket

हरिप्रसाद शर्मा

काठमाडौँ, असोज २
5c6c7e26-f7b5-4838-b6d7-280d01624170

काठमाडौँ- पर्वत पाङका शिव बास्तोला कक्षा १२ को पढाइ सकेपछि के गर्ने भन्ने दोधारमा परे। उनी अझै पढेर नेपालमै केही गर्ने सोचमा थिए। तर, घरपरिवार र साथीभाइको दबाब भने विदेश जानुपर्छ भन्नेमा थियो।

सामान्य परिवारमा जन्मिएका उनी उच्च शिक्षाका लागि २०६८ सालमा काठमाडौँ आए। मन तुलबुल थियो। तर उनले ‘ब्याचलर’ को पढाई अघि बढाए। पढाइसँगै केही काम गर्न पाए हुन्थ्यो भन्ने हुटहुटी थियो।

काठमाडौं आएपछि पनि घरपरिवार र साथीभाइले विदेशै जाने सल्लाह दिन्थे। तर, उनमा बीबीए पढेर नेपालमै केही गर्नुपर्छ भन्ने अठोट बलियो बन्दै आयो। त्यो बीचमा एक जना अग्रज साथीले आफ्नो ट्राभल कम्पनीमा उनलाई काम दिए।

‘दुई महिना जति काम गरेको थिएँ। तर कम्पनी अगाडि बढ्न सकेन,’ आफ्नो पहिलो कामको अनुभव सुनाउँदै शिव भन्छन्, ‘मलाई कता-कता ट्राभल्स एजेन्सीमा गरेको कामले यसैमा लाग्ने रस जगाइदियो।’

त्यसपछि उनले आफ्नै ट्राभल एजेन्सी खोल्ने संकल्प गरे। त्यही संकल्प र प्रतिaद्धताले सुरु भएको सेभेन स्टार इन्टरनेसनल ट्राभल एन्ड टुर्स प्रालि नामक कम्पनीले ठिक एक दशक पार गरेको छ। सन् २०१३ सेप्टेम्बर १९ मा कम्पनी दर्ता हुँदा यसको आफिस एउटा कोठामा सीमित थियो। जता–जहाँ, जेमा पनि उनी एक्लै खट्नुपर्ने अवस्था थियो।

‘एक वर्षसम्म अफिस एउटा कोठामा राखियो तर पछि काम बढ्दै गएपछि बल्ल अलिक व्यवस्थित हुन थालियो’, पुराना दिन सम्झँदै कम्पनीका संस्थापक तथा सीईओ बास्तोला भन्छन्, ‘त्यो बेला कम्पनीका लागि शतप्रतिशत समय दिइयो। मेहनेत गरियो। यद्यपि यो क्रम आज पनि जारी छ।’

कम्पनीले अहिले वार्षिक करोडौँ रुपैयाँको कारोबार गर्छ। काठमाडौं बागबजारस्थित हेडअफिसमा झन्डै डेढ दर्जन कर्मचारी छन्। व्यवसायको संरचना र यसको जग फैलिएको छ। कम्पनीले करिब ३ वर्षसम्म एयरलाइन्सको स्टक लिन नमिल्ने एजेन्सीका रूपमा काम गर्‍यो। तर अहिले अन्तर्राष्ट्रिय एयरलाइन्सको हवाइ टिकटको आधिकारिक बिक्रेताका रुपमा कम्पनीले सेवा दिँदै आएको छ। हालसम्म ५०० भन्दा बढी सब–एजेन्सीलाई होलसेल हवाई टिकट बेच्ने गरेको छ कम्पनीले। अन्तर्राष्ट्रिय उडानका सबै खाले टिकट वितरण गर्ने लाइसेन्स पाएको कम्पनीले जापानको ओसाकामा पनि कार्यालय सञ्चालनमा ल्याएको छ।

मामा-भाञ्जाको जोडीः सेभेन स्टारका बास्तोला र कँडेल

कम्पनी स्थापनापछि ४ वर्ष बास्तोला एक्लैले कम्पनी चलाए। त्यसपछि, सन् २०१७ मा उनका भान्जा विष्णुप्रसाद कँडेल जोडिए। अध्ययनका लागि डेनमार्क पुगेका कँडेल नेपाल फर्केर मामाभान्जाले संयुक्त रुपमा कम्पनी चलाइरहेका छन्। अहिले कम्पनीको ६० प्रतिशत स्वामित्व शिव बास्तोला र ४० प्रतिशत स्वामित्व विष्णुप्रसाद कँडेलले लिइरहेका छन्।

‘मामासँगको सहकार्यले मलाई पनि व्यावसायिक र कर्मशील हुन सिकाइरहेको छ’, सेभेन स्टारले एक दशक पार गरेपछिको खुशी साट्दै कँडेलले नेपाल क्लिक्ससँग भने, ‘एउटा व्यावसायिक कम्पनी सफल बनाउन शतप्रतिशत प्रतिबद्धता र त्यत्तिकै मेहनेत जरुरी हुन्छ।’

मेहनतको कुरा गर्दा उनीहरु भन्छन्, ‘हामीहरु पर्चा बोकेर एजुकेसन कन्सल्टेन्सीदेखि दूतावासका गेटसम्म पुगेका छौं।’ तर अहिले कम्पनीले सोसल मिडिया मार्केटिङलाई आफ्नो केन्द्रीय बजार रणनीति बनाइरहेको छ। ‘सोसल मिडियाले बिजनेस फैलाउन अलिक सजिलो बनाइदियो’, सीईओ बास्तोला भन्छन्, ‘लगाव र व्यवस्थापनको ज्ञान भयो भने जस्तो संकटमा पनि संस्था शिथिल नहुने रहेछ।’

कोभिडले संसार ठप्प पारेको थियो। सबै उडान स्थगित थिए। त्यो पनि एकाध महिना होइन, दुई–दुई वर्षभन्दा बढी समय कोभिडको कहरले सबै व्यवसायलाई शून्यमा झारेको थियो। ‘तर, कोभिडको बेलामा पनि हामीले भएका सबै कर्मचारीलाई तलब दियौं,’ उनले भने, ‘यो कुरा सम्झँदा लाग्छ, हामीले बलियो नै जग बनाएका थियौँ।’

हवाई टिकटमा सरकारले कर लगाउने विषयलाई सकारात्मक रुपले लिने बास्तोलाले ट्राभल एजेन्सी त छँदैछ, उड्ययन पर्यटनमा थप नयाँ योजनाहरुमा पनि काम गरिरहेका छन्। ‘हामी अरु ‘डिपार्चर’ मोडलमा जाने तयारीमा छौं। तर हाम्रो उद्देश्य भनेको नेपालबाट विदेश जाने र विदेशबाट नेपाल आउने नेपाली तथा विदेशी सबैका कसरी हवाई टिकटमा सर्भिस दिन सकिन्छ, कसरी सुविधा र बढी प्याकेज दिन सकिन्छ भन्ने नै हो।’

प्रकाशित: २०८० असोज २ गते मङ्गलबार ०६:१४
Sanket

हरिप्रसाद शर्मा

शर्मा अर्थराजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
प्रतिक्रिया

थप समाचार

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...

नीतिगत दरले बैंकको ब्याजदेखि बजारसम्म कसरी असर गर्छ?

नीतिगत ब्याजदर भनेको केन्द्रीय बैंकले अर्थतन्त्रमा कर्जा र पैसाको प्रवाहलाई प्रभावित गर्न निर्धारण गर्ने प्रमुख ब्याजदर हो। नेपालमा यस्तो दर नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत प्रयोग...

मुद्रास्फीतिको दबाबले सर्वसाधारणको जीवनमा कस्तो असर पर्छ?

सरल भाषामा भन्नुपर्दा, अर्थतन्त्रमा वस्तु तथा सेवाको मूल्य बढ्ने वा मूल्यवृद्धिको जोखिम बढ्ने अवस्था नै मुद्रास्फीतिको दबाब बढ्नु हो।

३ हजारको सामान किनेकी सन्तमायाले जितिन् १० लाख, १ लाख जित्ने १६ जना को? [सूची]

काठमाडौँ: नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गरेर लिएको बिलका आधारमा १० लाख रुपैयाँ जितेकी छन्। आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत गोलाप्रथाबाट...

१० लाखमाथिको कारोबारमा सेबोनको निगरानी, लगानीकर्ताको विवरण र रकमको स्रोत जाँचिने

कम्पनीको नाममा कारोबार भए पनि ‘वास्तविक धनी’ खोजिने, उच्च पदस्थ व्यक्तिको कारोबारमा थप निगरानी
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना