२०८३ कार्तिक २२ गते शनिवार

चक्रपथको दोस्रो खण्ड विस्तारमा चिनियाँको आनाकानी, प्रधानमन्त्रीको भ्रमणमा कुराकानीको तयारी

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज ५
ring_road_ii

काठमाडौँ- काठमाडौँ चक्रपथ अन्तर्गतको दोस्रो खण्ड विस्तारमा चिनिँया ठेकेदार कम्पनीले आनाकानी गरेको छ। यसअघि नै पूर्वतयारीका काम पूरा भएपनि आयोजनाको काम सुरु गर्न चिनिँया कम्पनी नआइदिँदा आयोजना निर्माणमा ढिलाइ भएको हो।

चक्रपथको पहिलो खण्ड कंलकीदेखि कोटेश्वरसम्मको सडक चिनिँया अनुदानमा विस्तार गरिएको थियो। त्यसपछि नेपालले चक्रपथको दोस्रो खण्ड कंलकीदेखि चाबहिलसम्म बनाइदिन आग्रह गरेको थियो। उक्त खण्ड विस्तार गर्न चिनिँया सकारात्मक देखिए पनि अहिलेसम्म काम सुरु भने गर्न सकेका छैनन्।

पटकपटक चिनिँया कम्पनीहरुले छिट्टै आयोजनास्थलमा परिचालन हुने वचन दिँदै आएका थिए। तर, सडकको विस्तृत अध्ययन प्रतिवेदन(डीपीआर) समेत नबनाई चिनिँयाहरुले आयोजनालाई अनिर्णयको बन्दी बनाउँदै आएका हुन्। २ महिनाभित्र डीपीआर डिजाइनको काम सक्ने बताएको चिनिँया प्राविधिक टोलीले ७ महिना हुँदासम्म पनि फाइनल डिजाइन दिन सकेको छैन।

यसअघि कंलकीदेखि चाबहिलसम्म सडक विस्तार गर्ने गरी तयार गरिएको डिजाइनअनुसार काम गर्न चिनिँया कम्पनीले नचाहेका हुन्। नारायण गोपालचोकमा निर्मित भौतिक संरचना हटाउन चुनौती, साइट क्लियरेन्स र अन्डरपास बनाउनुपर्नेलगायतका कारणले डिजाइन परिवर्तन गरेर जानुपर्ने आवश्यकता चिनिँयाहरुले ठानेका छन्। उनीहरुले नै डीपीआर बनाएर अघि बढाउन सरकारले यसअघि नै अनुमति दिएको थियो।

‘चिनिँयाहरुले आफ्नो डिजाइनको काम गर्दै होलान्,’ उनले भने, ‘सम्पर्कमै छन् तर, कहिलेसम्म आउँछन् भन्न नसकिएला।’

यसअघि साइट क्लियरेन्स हुनासाथ साइटमा मोबिलाइज हुने बताएका चिनिँया ठेकेदार कहिलेसम्म साइटमा आउने हुन अझै टुंगो छैन्। उक्त सडक विस्तारका लागि चिनिँया कम्पनी तयार भएको र सम्पर्कमै रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले सिएन नेपाललाई जानकारी दिए। तर, कहिले आउछन् भन्ने यकिन नभएको उनको भनाइ छ।

‘चिनिँयाहरुले आफ्नो डिजाइनको काम गर्दै होलान्,’ उनले भने, ‘सम्पर्कमै छन् तर, कहिलेसम्म आउँछन् भन्न नसकिएला।’

दोस्रो खण्डको सडक विस्तारमा चिनिँयाले आनाकानी गरे पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणमा चिनिँया पक्षसँग थप कुराकानी हुने शर्माले बताए।

‘प्रधानमन्त्रीज्यूको चीन भ्रमणका बेला यो विषयमा कुरा उठ्छ। चीन सरकारसँग यस विषयमा पनि थप सुनिश्चितता र सहमति हुन्छ,’ उनले बताए।

प्रधानमन्त्री दाहाल आगामी असोज ५ गतेदेखि १३ गतेसम्म आसन्न चीन भ्रमणमा जाने औपचारिक घोषणा भइसकेको छ। भ्रमणका क्रममा चक्रपथको दोस्रो खण्ड विस्तारका लागि थप पहल हुने मन्त्रालयले जनाएको छ।

चिनिँया हेनान कम्युनिकेसन्स प्लानिङ एन्ड डिजाइन इन्स्टिच्युट कम्पनीले डीपीआर डिजाइनको काम गरिरहेको छ। उक्त सडक खण्ड विस्तारका लागि पूर्वतयारी काम जस्तै रुख कटान, खानेपानीका पाइपहरु, बिजुली र सेवा प्रदायका तारहरु समेत आयोजनास्थलबाट हटाइ सकिएको छ।

आयोजनास्थल वरपरका पर्ने मन्दिर, पोल तथा अन्य भौतिक संरचनाहरु पनि ‘क्लियर’ भइसकेको सडक विभागले जनाएको छ। प्रस्तावित नयाँ डिजाइनअनुसार चिनिँयाहरुले कंलकीदेखि बसुन्धरा चौकीसम्म मात्र विस्तार गर्ने विभागले जनाएको छ।

नारायण गोपालचोक र त्यहाँदेखि चाबहिलसम्म हट्नुपर्ने संरचना हटाउन चुनौती देखिएको छ। त्यसकारण, हाललाई बसुन्धारा चौकीसम्म मात्र विस्तार गर्ने गरी योजना अघि बढेको सडक विभागले जनाएको छ।

साइट क्लियरेन्स भइपछि भने पुनः चाबहिलस्थित पहिलेको गोपीकृष्ण हलसम्म सडकखण्ड विस्तार चिनिँयाबाटै नै हुनेछ। सकभर अन्डरपास र ओभरपास नहुने गरी उक्त सडकखण्डको डिजाइन भइरहेको छ। चक्रपथको दोस्रो खण्डको गल्ती नदोहोर्याउने गरी काम गर्ने चिनिँया पक्षको तयारी छ।

सडकको बीचको भाग ३८ मिटरमा चार लेनसहितको सडक र पैदलयात्रु मार्ग निर्माण हुनेछ। कंलकी बसुन्धरासम्मको ८.५ किलोमिटरको उक्त खण्डलाई ८ लेनमा विस्तार गर्ने योजना छ। चक्रपथको पहिलो खण्ड काठमाडौं र ललितपुर दुवै जिल्लामा परेको थियो भने दोस्रो खण्ड काठमाडौंमा मात्र पर्नेछ।

प्रकाशित: २०८० असोज ५ गते शुक्रबार ०१:०३
प्रतिक्रिया

थप समाचार

लक्ष्मीपूजामा विद्युतको माग १७०० मेगावाट पुग्ने

प्राधिकरणका अनुसार लक्ष्मीपूजाको दिन साँझ विद्युतको अधिकतम माग करीब १ हजार ७०० मेगावाट पुग्ने र उत्पादन भने २ हजार ५०० मेगावाट हुने अनुमान छ।

भारु बलियो हुँदा डलर बन्यो कमजोर, नेपाली रुपैयाँमा भयो मजवुत

भारतीय रुपैयाँ (भारु) बलियो हुँदा डलर कमजोर भएको हो। १ डलरबराबर ९४ भारु कायम भएको छ। यसअघि ९७ भारुसम्म पुगेको थियो।

तिहार सुरु, कागको पूजा गरेर मनाइँदै

काठमाडौं। हिन्दु धर्मावलम्बीहरूको दोस्रो ठूलो तथा महत्त्वपूर्ण चाड तिहार अर्थात् यमपञ्चक आजदेखि सुरु भएको छ। तिहारको पहिलो दिन आज घर–घरमा कागको पूजा गरी काग तिहार मनाइँदै छ। कार्तिक कृष्ण...

बीमा प्राधिकरणका अध्यक्षको जिम्मेबारीः कानूनमा आधारित स्वतन्त्र, सक्षम र विश्वसनीय नियामक

बीमितको हकहित संरक्षण, वित्तीय अनुशासन, प्रभावकारी जोखिम व्यवस्थापन र नियामकीय निष्पक्षता त्यसका अनिवार्य आधार हुन्।

केटिएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटिएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
kalyan
ब्लग

नेपाल प्रहरी जनताको सेवक हुने कि जनताको त्रासदिमा रमाउने?

मुलुकको सुरक्षा, जनचेतना, सामाजिक न्याय र अमनचयनको विषयलाई समाजशास्त्रको दृष्टिबाट हेर्दा नेपाल प्रहरी केवल एक ‘कानुन कार्यान्वयन गर्ने निकाय’ मात्र नभई राज्यको राजनीतिक, आर्थिक र सांस्कृतिक...
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना