पोखरा- पोखरास्थित मणिपाल मेडिकल कलेजका डाक्टर कुटपिट गरेको आरोप लागेका प्रहरी निरीक्षक मदन श्रेष्ठलाई निलम्बन गर्न सिफारिस गरिएको छ।
बुधबार जिल्ला प्रहरी कार्यालय कास्कीले श्रेष्ठलाई निलम्बन गर्न प्रहरी प्रधान कार्यालयलाई सिफारिस गरेको हो।
केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले श्रेष्ठलाई निलम्बन गर्न कास्की प्रहरीले सिफारिस गरेको छ।
‘निलम्बनको सिफारिस हामीकहाँ आएको छ, हामी गृह मन्त्रालयमा पठाउँछौं,’ कडायतले भने।
मणिपाल शिक्षण अस्पतालमा बिरामीका आफन्त र चिकित्सकसँगको विवाद साम्य बनाउन र शान्ति सुरक्षा कायम गर्न खटिँदा डक्टरहरूलाई ‘साफ चुटेर आएँ’ भन्दै भीडलाई उक्साएको आरोप श्रेष्ठलाई लागेको थियो।
उनीमाथि छानबिन गर्न प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशसिंह कोइरालाको संयोजकत्वमा समितिसमेत बनेको छ।
सोमबार मणिपाल अस्पतालमा उपचारचार ५७ वर्षीया सुकमाया दुराको निधन भएको थियो। त्यसपछि दुराका आफन्त र चिकित्सकबीच विवाद उत्पन्न भएको थियो।
मणिपालमा शान्ति सुरक्षाकै लागि खटिएका वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी वेद जोशीलाई पनि जिल्ला प्रहरी कार्यालय तानिएको कास्की प्रहरी प्रमुख एसपी मोहन थापाले जनाएका छन्।
सम्बन्धित समाचार :


