२०८३ कार्तिक १२ गते बुधबार

पूर्वआईजीपी प्रधान भन्छन्- शर्मिलालाई लागेको गोली वारपार भएको छ, पीएसओ दिनभर मसँगै थिए

 |  खिलानाथ ढकाल
Sanket

खिलानाथ ढकाल

काठमाडौँ, असोज १०
dhruva

काठमाडौँ- पूर्वप्रहरी महानिरीक्षक ध्रुवबहादुर प्रधानको निवास महाराजगञ्जमा हो।

उनका लागि नेपाल प्रहरीले प्रहरी सहायक निरीक्षक (असई)लाई पीएसओ (पर्सनल सुरक्षा गार्ड) सुम्पेको छ।

राप्रपा सांसदसमेत रहेका प्रधान महाराजगञ्ज निवासबाट बुधबार बिहान सवा ९ बजेतिर निस्केका थिए।

उनको साथमा पिएसओ लक्ष्मण चौधरी थिए। प्रधान घरबाट सिधै सिंहदरबार गए। त्यसपछि पुलिस अस्पतालमा एक जना बिरामीलाई भेट्न पुगेका थिए।

त्यसपछि फेरि प्रधान सिंहदरबार फर्किए। त्यहाँ कानुन समितिको बैठक थियो। उनी त्यहाँ बसेर छलफल गरे।

‘म अपराह्न साढे पाँच बजेतिर घर आएको थिएँ, लक्ष्मण त्यसपछि मेरो निवासबाट आफ्नो डेरा लागेका थिए,’ प्रधानले नेपाल क्लिक्ससँग भने, ‘त्यसपछि कहाँ गए मलाई थाहा भएन।’

आफ्नो घरबाट लक्ष्मण बस्ने ठाउँ मोटरसाइकलमा करिब पाँच मिनेट टाढा रहेको प्रधानले बताए।

‘मैले पौने ९ बजेतिर घटना भएको थाहा पाएँ, म झट्टै पुग्दा प्रहरी महानिरीक्षक वसन्त कुँवर घटनास्थलमा आएर फर्किरहनुभएको थियो,’ प्रधानले भने।

घटना भएको बेला लक्ष्मण कोठाबाहिर रहेको आफूले जानकारी पाएको प्रधानले बताए।

‘कोठाको ढोका बन्द थियो, त्यसबेला गोली चल्यो भन्ने मैले सुनेको हो,’ प्रधानले भने।

लक्ष्मणकी श्रीमतीको कोखामा गोली लागेको छ। कोठामा गोली चलेको र त्यहाँ खोका बरामद भएको आफूले थाहा पाएको प्रधानले बताए।

‘लोड गरेर राखेको पेस्तोल पड्केको भन्ने कुरा आएको छ, यसबारे प्रहरीले अनुसन्धान गर्ला,’ उनले भने, ‘त्यो बेला लक्ष्मण कोठामा नरहेको बुझिएको छ।’

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक कुमोध ढुंगेलले पनि पेस्तोल खेलाउने क्रममा गोली चलेको हुनसक्ने आशंका गरे। ढुंगेलका अनुसार नाइन एमएम पेस्तोलबाट गोली चलेको छ।

शर्मिलालाई अहिले उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ। उनको अवस्था गम्भीर रहेको बताइएको छ।

‘दिनभर म सँग थिए, फर्केपछि के भयो मलाई थाहा भएन, कुनै विवाद भएको मलाई थाहा थिएन,’ प्रधानले भने।

घटना के कसरी भयो आफैं अचम्ममा परेको प्रधान बताउँछन्।

‘शर्मिलालाई भेट्न म अस्पताल पुगें, गोली वारपार भएको अवस्था छ,’ उनले भने।

पूर्वप्रहरी महानिरीक्षक ध्रुवबहादुर प्रधानका पिएसओकी श्रीमतीमाथि गोली प्रहार

प्रकाशित: २०८० असोज १० गते बुधबार ११:३९
Sanket

खिलानाथ ढकाल

ढकाल सुशासन र अपराध क्षेत्रमा कलम चलाउँछन्।
प्रतिक्रिया

थप समाचार

विद्युत् व्यापार आशयपत्रको स्वागत गर्दै इप्पानले राख्यो चार माग

काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले अन्तरदेशीय विद्युत् व्यापारको तयारीका लागि निजी क्षेत्रलाई आशयपत्र जारी गर्ने सरकारको निर्णयको स्वागत गर्दै अनुमतिपत्र पाउने...

एनपीएलका लागि ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौँः नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै एक्सट्रीम इनर्जी ड्रिङ्कले देशका ९ सहरमा १० वटा फ्यान जोन सञ्चालन गर्ने भएको छ। कात्तिक ९ देखि मंसिर ५ गतेसम्म हुने एनपीएलका...

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।

एनपीएल क्रिकेट: जनकपुर टस जितेर फिल्डिङमा

काठमाडौँ: राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो दिनको दोस्रो खेलमा अहिले जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय...

कहीँ नभएको जात्रा हाँडीगाउँमा !

काठमाडौँ: दशैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरू भएको छ। ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ उखानसँग जोडिएको यो जात्रा तीन दिनसम्म...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना