काठमाडौँ- अभिनेता अनमोल केसी पक्राउ परेका छन्। आपराधिक विश्वासघातको आरोपमा काभ्रेको बनेपाबाट केसी पक्राउ परेका हुन्।
फिल्म ‘रावायण’को टोलीले ४ दिनअघि दिएको जाहेरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्र राठौरले जानकारी दिए।
फिल्म खेल्नका लागि १० लाख रुपैयाँ आफूहरूले दिएको तर केसीलाई पटकपटक बोलाउँदा पनि नआएपछि जाहेरी दिएको निर्माता सुदर्शन थापाले दिएको जाहेरीमा उल्लेख छ।
केसीले उक्त फिल्ममा अभिनय गर्न मानिरहेका थिएनन्। केसीले अभिनय गर्न नमान्दा आफूहरूको बजारमा गइसकेको ठूलो लगानी जोखिममा परेको थापाको भनाइ छ।


