२०८३ कार्तिक २१ गते शुक्रबार

अनमोल केसीसँग प्रहरीले लियो तीन घण्टा बयान, रकम लिएको स्वीकार

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज १४
anmol_KC

काठमाडौँ- शुक्रबार पक्राउ परेका अनमोल केसीसँग प्रहरीले तीन घण्टा बयान लिएको छ।

ठगी आरोपमा उजुरी परेपछि पक्राउ परेका केसीलाई ठगीका विषयमा प्रहरीले बयान लिएको हो।

प्रहरीले महानगरीय प्रहरी परिसर टेकुमा केसीसँग सोधपुछ गरेको थियो।

केसीलाई प्रहरीले बयान लिएपछि म्याद थपको प्रक्रिया सुरु गर्न सरकारी वकिलको कार्यालयमा लगिएको छ।

अनमोलले आफूले १० लाख रकम निर्माण पक्षबाट लिएको स्वीकार गरेका छन्।

तर आफूले फिर्ता गर्न खोज्दा पनि ‘रावायण’ निर्माताले लिन अस्वीकार गरेको केसीलाई उद्धृत गर्दै प्रहरीले जानकारी दिएको छ।

स्क्रिप्ट चित्त नबुझेर फिल्म अस्वीकार गरेको अनमोलको दाबी छ।

रावायण निर्माण पक्षले भने केसीमाथि १ करोड १५ लाख रुपैयाँ असुली गरेको आरोप लागेको छ।

फिल्म बनाउनका लागि भनेर आफूले ठूलो रकम बजरामा पठाइसकेको तर आपराधिक विश्वासघात गरी केसीले फिल्म खेल्न नमानेपछि उक्त रकम फसेको निर्माण पक्षको भनाइ छ।

केसीविरूद्ध प्रारम्भिक रूपमा रावायण निर्माण पक्षकी चन्द्रकला कटवालले जाहेरी दिएकी थिइन्।

केसीले रकम असुली गरेको भन्दै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा जाहेरी परेको थियो। उक्त जाहेरीका आधारमा कार्यालयको टोलीले भक्तपुरको साँगाबाट शुक्रबार साँझ साढे ५ बजे पक्राउ गरेको थियो।

उक्त प्रकरणमा केसीलाई प्रहरीले पटक-पटक छलफलमा आउन बोलाएपनि नआएको कारण पक्राउ गर्न परेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताएका थिए।

केसी आफ्नै कारमा काभ्रेबाट काठमाडौं फर्किँदै थिए। कार्यालयको टोलीले उनको कार साँगामा रोकेको थियो।

बुधबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको पत्रका आधारमा केसीविरूद्ध जिल्ला अदालत काठमाडौंले पक्राउ पूर्जी जारी गरेको थियो। यसपछि  शुक्रबार उनी पक्राउ परेका थिए।

अनमोल चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीका छोरा हुन्। भुवनले बनाएको फिल्म ‘ड्रिम्स’बाट अनमोल केसीले चलचित्रमा डेब्यू गरेका थिए। उक्त फिल्म अमेरिकामा समेत सुटिङ गरिएको थियो।

अमेरिकामा रहँदा भुवनले १० लाख रुपैयाँ एक महिलाबाट लिएका थिए।

फिल्म ‘हिट’ भएपछि अनमोल नेपाली सिने जगतमा चर्चामा आए। फिल्म चले पनि भुवनले उनले उक्त रकम फिर्ता नगरेको भन्दै ती महिला नेपाल आएर जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी दिएकी थिइन्।

उक्त उजुरीलाई प्रशासनले जिल्ला प्रहरी परिसर टेकुमा पठाइएको थियो।। तर, त्यो घटना भुवनले ‘सामसुम’ पारेका थिए।

उक्त फिल्ममा साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनेत्री थिइन्। भुवनले आफूमाथि यौनजन्य दुर्व्यवहार गरेको आरोप शाहले लगाएकी थिइन्।

प्रकाशित: २०८० असोज १४ गते आईतबार ०५:०८
प्रतिक्रिया

थप समाचार

केटिएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।

तिहारमा पाँच लाख पाला बजारमा पठाइँदै, माटो अभावले उत्पादनमा चुनौती

काठमाडौँः तिहारमा माटोका पालाको माग बढेसँगै भक्तपुरका कुमाले समुदायलाई उत्पादन र बिक्रीको चटारो छ । गत वर्षको तुलनामा यस वर्ष माटोका पाला बढी बजारमा पठाइएको व्यवसायीले बताएका छन् । तर, मागअनुसार...

नेप्से सुधारमा नयाँ सीईओको योजना, इन्ट्राडे र सर्ट सेलिङ कारोबारको अध्ययन गरिने

काठमाडौँः नेपाल स्टक एक्सचेन्ज (नेप्से) का नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रताप सुवेदीले पुँजी बजार सुधार र लगानीकर्ताको विश्वास अभिवृद्धिलाई प्राथमिकतामा राख्दै विभिन्न योजना...

विपद्पछिको पुनर्निर्माणका लागि ४ देखि ५ अर्ब डलर आवश्यक पर्ने देखिन्छ: अर्थमन्त्री

अर्थमन्त्री स्वर्णिम वाग्लेले भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विपद्पछिको उद्धार, राहत, पुनरुत्थान तथा पुनर्निर्माणका लागि सरकारले आवश्यक स्रोतसाधनको व्यवस्था गर्ने बताएका छन्। हिमालमा...

तिहार अघि बढेर बन्द भयो नेप्से, कारोबार रकम भने घट्यो

काठमाडौँः हिन्दु धर्मावलम्बीहरूको दोस्रो ठूलो चाड तिहार अघिको कारोबारमा सेयर बजार सकारात्मक भएर बन्द भएको छ । अघिल्लो कारोबार दिन अर्थात् बिहीबार घटेर बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
kalyan
ब्लग

नेपाल प्रहरी जनताको सेवक हुने कि जनताको त्रासदिमा रमाउने?

मुलुकको सुरक्षा, जनचेतना, सामाजिक न्याय र अमनचयनको विषयलाई समाजशास्त्रको दृष्टिबाट हेर्दा नेपाल प्रहरी केवल एक ‘कानुन कार्यान्वयन गर्ने निकाय’ मात्र नभई राज्यको राजनीतिक, आर्थिक र सांस्कृतिक...
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना