काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेस गरेको छ।
राष्ट्रपति कार्यालय शीतल निवासमा अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईले राष्ट्रपति रामचन्द्र पौडेललाई आयोगको वार्षिक प्रतिवेदन पेस गरेका हुन्।
नेपालको संविधानको धारा २९४ बमोजिम आर्थिक वर्ष २०७९/८० को आयोगले राष्ट्रपतिलाई वार्षिक प्रतिवेदन पेस गरेको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता बसन्तप्रसाद पन्थीले विज्ञप्तिमार्फत जानकारी दिएका छन्।



