काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)का प्रमुख कार्यकारी अधिकृत एलिस अल्ब्राइटबीच भेटवार्ता भएको छ।
ओलीलाई भेट्न एलिस सोमबार साँझ एमाले पार्टी कार्यालय च्यासल पुगेकी थिइन्।
भेटमा एमसीसी परियोजना कार्यान्वयनका विषयमा कुराकानी भएको बताइएको छ।
ओलीले एमसीसी परियोजना सहमतिअनुसार अगाडि बढ्नुपर्ने धारणा राखेका थिए भने एलिसले एमसीसी कार्यान्वयनको समयावधि अब एक वर्ष ११ महिना बाँकी रहेको स्मरण गराएकी थिइन्।
भेटमा एमाले उपमहासचिव विष्णु रिमाल पनि सहभागी थिए।


