२०८३ कार्तिक २१ गते शुक्रबार

बझाङमा १२ भूकम्प

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज १७
bajhang_quake
बझाङमा भूकम्पले भत्काएको संरचना। फाइल तस्बिर

काठमाडौँ– सुदूरपश्चिम प्रदेशको बझाङलाई केन्द्रबिन्दु बनाएर भूकम्प जाने क्रम जारी छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मङ्गलबार अपराह्न २:४० बजे बझाङको तालकोट केन्द्रबिन्दू भएर ५.३ म्याग्निच्युडको भूकम्प गएको थियो।

खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेले बझाङका विभिन्न ठाउँ केन्द्रबिन्दु भएर मङ्गलबारदेखि ४ म्याग्निच्युडभन्दा माथिका १२ भूकम्प गइसकेको जानकारी दिए।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार दोस्रोपटक ३:०६ बजे बझाङको जिल्ला सदरमुकाम चैनपुर भएर ६. ३ रेक्टर स्केल, ३:१३ बजे चैनपुर केन्द्रबिन्दु भएर ४.१ रेक्टरस्केल, ३:४५ बजे सुरमा केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको हो।

यस्तै दिउँसो ४:२८ बजे तालकोट केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युड, ४:३१ बजे सुवेडा केन्द्रविन्दू भएर ४.३ म्याग्निच्युड, ५:१९ बजे सेली केन्द्रबिन्दु भएर ५ म्याग्निच्युड र ५:३८ बजे दामेना केन्द्रबिन्दु भएर ५ म्याग्निच्युडको भूकम्प गएको सो केन्द्रले जनाएको छ।

यसैगरी गएराति १२:१६ बजे दामेना केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युड, १२:५० बजे तालकोट केन्द्रबिन्दु भएर ४.३ र आज बिहान ४:२७ बजे ४.३ म्याग्निच्युड र ५:४३ बजे चैनपुर केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको हो ।

केन्द्रका भूगर्भविद् डा लोकविजय अधिकारी नेपाल भूकम्प जोखिमको क्षेत्र रहेकाले जुनै पनि बेला भूकम्प जानसक्ने बताउँछन्।

‘विगत पाँच सय वर्षदेखि पश्चिम नेपालमा भूकम्प गएको थिएन, पछिल्लो ठाउँमा उक्त क्षेत्रमा भूकम्प जान थालेको छ,’ उनले भने।

यसअघि गत कात्तिकमा डोटी केन्द्रबिन्दु भएर ५.७ रेक्टरस्केलको भूकम्प गएको थियो।

सुदूरपश्चिम क्षेत्रमा अझै केही दिन पराकम्पन आउने उनले जानकारी दिए।

बझाङमा भूकम्पपछिको सुख्खा पहिरोमा परेर मंगलबारदेखि बेपत्ता भएकी महिलाको शव फेला परेको छ।

टिमुर टिप्न मंगलबार दिउँसो गाउँनजिकैको जङ्गलमा गएकी जयपृथ्वी नगरपालिका–११ ओखल गाउँकी गुनमति धामीको शव बुधबार प्रहरीले फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङका इन्स्पेक्टर दीपेश चौधरीले जानकारी दिए।

इन्स्पेक्टर चौधरीको नेतृत्वमा उनको खोजीका लागि टोली खटिएको र पहिरोमा च्यापिएको अवस्थामा फेला परेको जानकारी उनले दिए।

यसबाहेक मानिस हाताहाती भएको जानकारी प्राप्त नभएको जिल्ला प्रशासन कार्यालय बझाङले जानकारी दिएको छ।

भूकम्पबाट बझाङमा मात्रै हालसम्म ३३६ भौतिक संरचनामा क्षति पुगेको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले जानकारी दिए। यद्यपि क्षतिको विवरण संकलनको काम भइरहेको उनले बताए।

भूकम्पमा परी १८ जना घाइते भएका छन्। १० जना उपचारपछि घर फर्किसकेका छन्। दुई जनालाई जिल्ला अस्पतालमा राखेर उपचार भैरहेको छ भने बाँकीलाई हात तथा खुट्टामा लागेको चोटको कारण थप उपचारको लागि जिल्लाबाहिर पठाइएको छ।

घाइते हुनेहरुमा जयपृथ्वी नगरपालिकामा, मस्टा, केदारस्युँ, खप्तडछान्ना र बित्थडचिर गाउँपालिकाका विद्यार्थी र स्थानीय रहेका छन्।

भूकम्पका कारण घर,सरकारी कार्यालय,विद्यालयका भवनमा क्षति पुग्नाका साथै त्यसपछि गएको सुख्खा पहिरोको कारण राजमार्ग समेत अवरुद्ध भएको छ।

भूकम्पले छिमेकी जिल्ला बाजुरा, दार्चुला, बैतडीलगायतका जिल्लामा भौतिक क्षति गरेको छ।

बाजुराका खप्तड छेडेदह गाउँपालिका, बुढीगंगा र बडीमालिका नगरपालिकालगायत क्षेत्रका थुप्रै घर तथा भवनमा आशिंक र पूर्ण क्षति गरेको बताइएको छ।

बैतडीमा पनि दुई जना घाइते भएका छन्।

माथिबाट खसेको ढुंगा लागेर डिलासैनी र सिगास गाउँपालिकामा एक/एक जना घाइते भएको प्रहरीले जनाएको छ।

भूकम्पले सिगास, डिलासैनी गाउँपालिका, पुर्चौडी र पाटन नगरपालिकामा दर्जनभन्दा बढी घर र विद्यालयका भवन चर्किएको छ।

दार्चुलाको मार्मा गाउँपालिकामा वडा कार्यालय, विद्यालय भवनलगायतका संरचनामा क्षति पुगेको छ।

बाजुरा भूकम्प र त्यसपछिको परकम्पका कारण भएको क्षतिको विवरण संकलन, उद्धार र राहत लगायतका कार्य भैरहेको अधिकारीहरुले जनाएका छन्।

प्रकाशित: २०८० असोज १७ गते बुधबार ०१:०५
प्रतिक्रिया

थप समाचार

केटिएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।

तिहारमा पाँच लाख पाला बजारमा पठाइँदै, माटो अभावले उत्पादनमा चुनौती

काठमाडौँः तिहारमा माटोका पालाको माग बढेसँगै भक्तपुरका कुमाले समुदायलाई उत्पादन र बिक्रीको चटारो छ । गत वर्षको तुलनामा यस वर्ष माटोका पाला बढी बजारमा पठाइएको व्यवसायीले बताएका छन् । तर, मागअनुसार...

नेप्से सुधारमा नयाँ सीईओको योजना, इन्ट्राडे र सर्ट सेलिङ कारोबारको अध्ययन गरिने

काठमाडौँः नेपाल स्टक एक्सचेन्ज (नेप्से) का नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रताप सुवेदीले पुँजी बजार सुधार र लगानीकर्ताको विश्वास अभिवृद्धिलाई प्राथमिकतामा राख्दै विभिन्न योजना...

विपद्पछिको पुनर्निर्माणका लागि ४ देखि ५ अर्ब डलर आवश्यक पर्ने देखिन्छ: अर्थमन्त्री

अर्थमन्त्री स्वर्णिम वाग्लेले भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विपद्पछिको उद्धार, राहत, पुनरुत्थान तथा पुनर्निर्माणका लागि सरकारले आवश्यक स्रोतसाधनको व्यवस्था गर्ने बताएका छन्। हिमालमा...

तिहार अघि बढेर बन्द भयो नेप्से, कारोबार रकम भने घट्यो

काठमाडौँः हिन्दु धर्मावलम्बीहरूको दोस्रो ठूलो चाड तिहार अघिको कारोबारमा सेयर बजार सकारात्मक भएर बन्द भएको छ । अघिल्लो कारोबार दिन अर्थात् बिहीबार घटेर बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
kalyan
ब्लग

नेपाल प्रहरी जनताको सेवक हुने कि जनताको त्रासदिमा रमाउने?

मुलुकको सुरक्षा, जनचेतना, सामाजिक न्याय र अमनचयनको विषयलाई समाजशास्त्रको दृष्टिबाट हेर्दा नेपाल प्रहरी केवल एक ‘कानुन कार्यान्वयन गर्ने निकाय’ मात्र नभई राज्यको राजनीतिक, आर्थिक र सांस्कृतिक...
rameshowre
उद्योग

केटिएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना