काठमाडौं– नेपाल प्रहरी प्रधान कार्यालय, साइबर ब्युराेले विभिन्न सामाजिक सञ्जाल तथा अनलाईन माध्यमको दुरुपयोग गरी जातीय धार्मिक तथा साम्प्रदायिक सद्भाव बिगार्ने सामग्री प्रकाशन तथा प्रदर्शन नगर्न आग्रह गरेको छ । ब्युरोले एक विज्ञप्ती जारी गर्दै प्रचलित कानुनले रोक लगाएको सामग्रीहरु प्रकाशत तथा प्रदशर्नन नगर्न सर्वसाधारणमा अनुरोध गरेको हो ।
‘विभिन्न सामाजिक सञ्जाल तथा अनलाइन माध्यमको दुरुपयोग गरी जातीय, धार्मिक र साम्प्रदायिक सद्भाव सलल पुर्याउने र राष्ट्रिय सुरक्षा,राष्ट्रिय एकतामा आँच पुग्ने तथ्यहीन विषय वस्तु एवं व्यक्तिको प्रतिष्टा, आत्म सम्मानमा ठेस पुर्याउने र जातीय भेदभाव, छुवाछुत, श्रमप्रति अवहेलनाका साथै शान्ति शुरक्षा भंग हुने कार्यलाई बढावा दिने सामग्री प्रकाशत तथा प्रदर्शन नगर्न नगराउन हुन नेपाल प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरो सबैमा अनुरोध गर्दछ ।’ विज्ञप्तीमा भनिएको छ ।
यदि, प्रचलित कानुनले रोक लगाएका सामग्रीहरु प्रकाशन वा प्रर्दशन गरेको पाइएमा कानुन बमोजिम कारबाही हुने साइबर ब्युराेले जनाएको छ ।



