काठमाडौँ- यही असोज १६ गते गएको भूकम्पपछि बझाङमा परकम्प जाने क्रम जारी छ।
शनिबार बिहान ११ बजे ४५ बझाङलाई नै केन्द्रबिन्दु बनाएर ५.३ म्याग्निच्युडको परकम्प गएको भूकम्प मापन केन्द्रले जानकारी दिएको छ।
१६ गते ३ बजेर ६ मिनेट जाँदा ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो।
त्यसअघि २ बजेर ५० मिनेटमा ५.३ रिक्टर स्केलको भूकम्प गएको थियो।
शनिबारको परकम्प सबैभन्दा ठूलो परकम्प हो।
उक्त भूकम्पमा परी एक जनाको मृत्यु भएको छ भने केही घाइते भएका छन्।
सुदूरपश्चिमका विभिन्न जिल्लामा भूकम्पले क्षति पुर्याएको छ।


