काठमाडौँ- प्यालेस्टाइनी विद्रोही समूह हमासले इजरायलमाथि गरेको आक्रमणमा परी बेपत्ता भएको भनिएका विपिन जोशी सम्पर्कमा आएका छन्।
कञ्चनपुरका जोशी अस्पतालमा उपचाररत रहेको इजरायलस्थित नेपाली दूतावासले जानकारी दिएको छ।
सुदूरपश्चिम विश्वविद्यालयबाट लर्न एन्ड अर्न कार्यक्रमका लागि उनीहरु इजरायल पुगेका थिए। उनीहरुको समूहमा १७ जना विद्यार्थी थिए।
शनिबार गाजा क्षेत्रमा भएको आक्रमणमा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको छ।
जोशीसहित ५ जना घाइते भएका छन्। दुई जना भने सकुशल छन्।
११ महिनाका लागि उनीहरू कृषि अनुसन्धान तथा कामका सिलसिलामा इजरायल पुगेका थिए।


