काठमाडौं- पूर्वी तथा मध्य भागमा मनसुनी वायुको आंशिक प्रभाव रहँदा आज पनि देशका केही भू–भागमा वर्षाको सम्भावना रहेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान कोसी प्रदेशलगायत वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ। बाँकी भू–भागमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहेको छ।
कोसी, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा मधेस र लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा आज राति आंशिकदेखि सामान्य बदली रहनेछ। बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने विभागको भनाइ छ।


