काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नपाली भूमि अतिक्रमण गरेपछि भ्रमणमा पुगेका छन्। भारतीय प्रधानमन्त्रीको कार्यालयले कालापानी र लिम्पियाधुरा क्षेत्रको भ्रमण मोदीले गर्ने उल्लेख गरेको छ। मोदी बिहीबार बिहान कालापानी क्षेत्रमा पुग्ने बताइएको छ।
बिहीबार बिहान ट्विट गर्दै मोदीले गुञ्जीका स्थानीयसँग संवाद गर्ने पनि बताएका छन्।
‘देवभूमि उत्तराखण्डको कल्याण र तेज विकासका लागि हाम्रो सरकार प्रतिबद्ध छ। यसलाई गति दिन पिथौरागढमा कयौँ परियोजनाको लोकार्पण र शिलान्यास गर्नेछु,’ उनले लेखेका छन्, ‘गुञ्जी गाउँमा स्थानीयसँग संवादको सुअवसर पनि मिल्नेछ। यो भ्रमणमा मैले आध्यात्मिक महत्त्वके पार्वतीकुण्ड र जागेश्वरधाममा पनि दर्शन र पूजनको उत्सुकतापूर्वपक प्रतीक्षा गरिरहेको छु।’
मोदी बिहीबार बिहान ८:३० बजे कैलाश पर्वतको बेसक्याम्प भनिने जोलिङकाङ पुग्ने कार्यक्रम भारतीय प्रधानमन्त्रीको कार्यालयले सार्वजनिक गरेको छ।
बिहान ९:३० बजे उनी गुञ्जी क्षेत्रका गाउँ पुगेका छन्।

गुञ्जीसहित नाभी, कुटी, रोङकाङ, नपलच्यू, गर्ब्याङ र बुदीका स्थानीयबासीसँग छलफल गर्नेसमेत कार्यक्रम रहेको बताइएको छ। मोदीसँग छलफलका लागि ती गाउँबाट पहिले नै प्रतिनिधि छानिसकिएको छ।
कालापानी क्षेत्रमा मोदीले भारतीय सेना, इन्डो–तिब्बत बोर्डर पुलिस, सशस्त्र सीमा बल र सुरक्षा अधिकारीसँग पनि भेटघाट तथा छलफल गर्नेछन्। मध्याह्न १२:०० बजे मोदी अल्मोडा जिल्लामा पर्ने जागेश्वर धामको दर्शन र पूजापाठ गर्न जानेछन्।
प्रधानमन्त्री मोदीसँग उत्तराखण्ड राज्यका मुख्यमन्त्री पुष्करसिंह धामी पनि कालापानी क्षेत्र पुग्नेछन्।
मोदीले भ्रमण गर्न लागेको गुञ्जी क्षेत्र नेपाली भूभाग हो। यी क्षेत्रलाई समावेश गरी नेपालले नक्सा पनि सार्वजनिक गरेको छ। तर भारतले भने अतिक्रमणका गतिविधि थप बढाउँदै लगेको छ।
यस्तो छ मोदी भ्रमणबारे भारतीय प्रधानमन्त्री कार्यालयको विज्ञप्ति



