काठमाडौँ- मनाङ एयरको ९ एन-एएनजे कलसाइन भएको हेलिकोप्टर दुर्घटना भएको छ।
रुम्जाटारबाट सोलुखुम्बुको लोबुचे उडेको हेलिकप्टर दुर्घटना भएको मनाङ एयरका निर्देशक राजु न्यौपानेले पुष्टि गरे।
हाई अल्टिच्युडमा रहेका यात्रु ल्याउन शनिबार बिहान ७:१३ मिनेट उडेको हेलिकोप्टर दुर्घटना भएको हो।
हेलिकप्टरमा पाइलट मात्रै थिए। पाइटल पिके सेढाईं घाइते छन्। उनलाई हेलिकप्टरमार्फत् उपचारको लागि ह्याम्स अस्पताल ल्याइएको छ।
‘अवतरणका क्रममा दुर्घटनामा परेको देखिन्छ, कारण खुलेको छैन, हाम्रो टोली घटस्थलमा पुग्दैछ, यात्रु नभएको कारणले मानवीय क्षति भएको छैन,’ उनले भने।


