काठमाडौं– काठमाडौंको असनमा २ जना व्यक्ति मृत फेला परेका छन्। असन–न्युरोडको मसान गल्लीमा २ जना मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
‘मृत फेला पर्नेहरु न्यूरोड तथा असन क्षेत्रमा भरियाको काम गर्ने व्यक्ति रहेका पाइएको छ। तर उनीहरुको पहिचान भने खुलेको छैन’ जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक (एसपी) कुमोद ढुंगेलले भने। उनीहरुको मृत्यु कारण खुल्न नसकेको एसपी ढुंगेलको भनाइ छ।


