पोखरा- संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटरेस पोखरा आइपुगेका छन्।
गुटेरेसलाई पोखरा विमानस्थलमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डे र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, पोखराकी उपप्रमुख मञ्जुदेवी गुरुङलगायतले स्वागत गरे।
पोखरा महानगरपालिकाका प्रमुख आचार्यले महासचिव गुटेरेसलाई नेपाली ढाका टोपी लगाइदिए।
मंगलबार उनी अन्नपूर्ण आधार शिविरतर्फ जाने कार्यक्रम छ। उनलाई घुमाउने जिम्मा नेपाली सेनाले लिएको छ।
यसअघि गुटरेस सगरमाथाको आधार शिविर पुगेका थिए। उनले हिमालय क्षेत्रमा जलवायु परिर्वतनको गम्भीर असर देखेको बताए।
महासचिव गुटेरेसले, आफू सगरमाथाको आधार शिविरमा पुगेको र आफूले हिमालय क्षेत्रमा जलवायु परिर्वतनको गम्भीर असर देखेको बताएका छन्।
तापक्रम वृद्धि र हिउ पग्लिने क्रमको बढोत्तरीका कारण समग्र जीवनशैली नै चुनौतीपूर्ण बनेको उनको भनाइ छ।
हिमालय क्षेत्रमा बढ्दो तापक्रमका कारण पग्लिएको हिउँका कारण समुन्द्रमा पानीको मात्रा बढ्दै गएकोतर्फ सचेत रहनुपर्ने उनको भनाइ छ।
आइतबार बिहान नेपालमा अवतरण भएका गुटरेसले दिनभर राजनीतिक भेट गरेका थिए।
सोमबार दिनभर उनी प्राकृतिक क्षेत्र अवलोकनमा व्यस्त छन्।
मंगलबार दिउँसो ४ बजे उनले संघीय संसदका दुवै सदनमा सम्बोधन गर्ने कार्यक्रम छ।


