काठमाडौं- जाजरकोट भूकम्पबाट भएको जनधनको क्षतिप्रति राहतका लागि सहयोग गर्ने क्रम जारी छ। मित्र राष्ट्रहरु, राजनीतिक दल, व्यवसायी र संस्थाहरुले आर्थिक सहयोगको घोषणा गरिरहेका छन्।
चीन सरकारले १० करोडका सामग्री सहयोग गर्ने घोषणा गरेको छ। स्थानीय निकायहरु, प्रदेश सरकार र संघीय सरकारहरुले पनि अलग्गै आर्थिक सहयोगको घोषणा गरिरहेका छन्।
सुदूरपश्चिम प्रदेश सरकारले एक करोड, कोशी प्रदेश सरकारले एक करोड, बागमती र लुम्बिनी प्रदेशले डेढ-डेढ करोडका र पोखरा महानगरपालिकाले ५० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्। नेपाली कांग्रेसले ५० लाख, राष्ट्रिय स्वतन्त्र पार्टीले ५० लाख, एनसेलले ५० लाख र एमालेले एक करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्।
भाटभटेनी सुपरमार्केटका संस्थापक मीनबहादुर गुरुङले १ करोड ११ लाख ११ हजार सहायताको घोषणा गरेका छन्। बुध्द एयरले १ करोड, नेकपा एमालेले १ करोड, अर्ना बियरले २५ लाख, एनआरएन आर के शर्मा समूहले १ करोड, एनआरएन केसी समूहले १० लाख, एनआरएन जापान शाखाले १५ लाख र नेपाल विद्यार्थी संघले ७ लाख नगद सहयोगको घोषणा गरिसकेका छन्।
कांग्रेसका सांसदले आधा महिनाको तलव, गण्डकी प्रदेशसभामा एमालेका सांसदले साताको तलव दिने घोषणा गरेका छन्।
भूकम्प प्रभावित क्षेत्रमा सहयोग गर्न अमेरिका, भारत, रुसलगायतका देशले सरकारलाई सन्देश पठाइसकेका छन्।
सहयोग घोषणा गर्ने क्रम जारी छ।


