२०८३ कार्तिक २२ गते शनिवार

गाउँ छिर्‍यो झिनियाँ व्यापार

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, कार्तिक २९
jhiniya_cFU9GEHR8l

पाल्पा- तिहार अर्थात् भाइटीकामा कोशेलीका रूपमा प्रयोग हुने झिनियाँ व्यवसायीलाई यतिबेला पुर्‍याउन हम्मेहम्मे परेको छ। पहिला–पहिला सहरबजारमा मात्रै हुने झिनियाँको व्यापार पछिल्ला वर्षमा ग्रामीण भेगमा बढ्न थालेको छ।

गाउँमा झिनियाँको माग सह बजारकै तुलनामा बढ्दै गएको छ। एक दशक अघिदेखि झिनियाँ व्यवसायमा लागेका पाल्पा रामपुरका व्यवसायी रुद्रनारायण श्रेष्ठ सफल व्यवसायी हुन्। तिहार सुरु भएदेखि झिनियाँ बिक्रीमा उनको व्यस्तता बढ्दो छ। उनी गाउँमा झिनियाँ उद्योग सुरुआत गर्ने पहिलो व्यवसायी हुन्। श्रेष्ठले यस व्यवसायबाट राम्रो सफलता पाएका छन्। उनले उत्पादन गरेको झिनियाँ गाउँका कुनाकाप्चासम्म पुग्ने गर्दछ। यस क्षेत्रकै पहिलो र पुरानो व्यवसायी भएकाले अधिकांश ग्राहक उहाँकै उद्योगबाट झिनियाँ खरिद गर्दछन् । श्रेष्ठले रामपुर नगरपालिका–५ स्थित राङभाङचोकमा उद्योगका रूपमा झिनियाँ सञ्चालन गरेका छन्।
गुणस्तरीय उत्पादन भएकाले गाउँमा खुद्रा तथा थोकरूपमा सहुलियत मूल्यमा दिनहुँ ठूलो परिमाणमा बिक्री हुने गर्दछ। पहिला बिक्रीका लागि सहरबजार नै भर पर्नु परेकामा अहिले गाउँ–गाउँका किराना पसल, स्थानीय ग्राहक नै  धेरै बढ्न थालेको व्यवसायी श्रेष्ठले बताए।
“सुरुआतका क्रममा बिक्रीका लागि गाउँमा भन्दा विभिन्न सहरबजारमा नै पुग्नुपथ्र्यो, गाउँमा कम मात्रामा मात्रै व्यापार हुन्थ्यो”, उनले भने, “पछिल्ला वर्षमा ग्रामीण भेगमा नै धेरै व्यापार हुने गरेको छ, तिहारमा झिनियाँको व्यापार गर्न पहिलाजसो सहरबजार नै कुर्नुपर्ने अवस्था छैन।”

पूर्वखोला गाउँपालिकाको बिरकोटबाट व्यापार व्यवसाय गर्ने उद्देश्यले रामपुर आएका श्रेष्ठले कुखुरापालन व्यवसाय थालनी गरे। सोही क्रममा कालिका सिन्के चाउचाउ उद्योग स्थापना गरी व्यवसाय सञ्चालन गर्दै गर्दा झिनियाँ उद्योगलाई समेत अगाडि बढाए। उद्योग व्यवसायमा अरुले भन्दा भिन्न व्यवसाय गर्न र गाउँका बेरोजगार युवालाई रोजगार दिने गरी व्यवसाय सञ्चालन गर्ने श्रेष्ठले झिनियाँ उत्पादनका लागि सात जना कामदार व्यवस्थापन गरेका छन् । तिहारमा धेरै व्यापार हुने भएकाले वर्षायाम सकिएलगत्तै ठूलो परिमाणमा झिनियाँ उत्पादन गर्ने गरेको श्रेष्ठले बताए। उनले भने, “माग धेरै आउने भएकाले चाडपर्व सुरु हुनुअघि तीन–चार महिनाअघिदेखि नै जनशक्ति थप गरेर बिहानदेखि साँझसम्म निरन्तर दैनिक ठूलो मात्रामा उत्पादन हुन्छ, अन्य समय पनि उत्पादनलाई निरन्तरता दिइरहेका छौँ, जुनसुकै समय पनि झिनियाँ ग्राहकले पाइरहनुहुन्छ।”

बाह्रै महिना झिनियाँ उत्पादन हुने भएकाले पनि उनको उद्योगमा झिनियाँ खरिद गर्ने ग्राहकको चहलपहल नै रहन्छ। अन्य उद्योगमा भन्दा राम्रो गुणस्तर र सहुलियतमा झिनियाँ पाइने भएकाले तिहारमा उनको उद्योगमा ग्राहकको ठूलो भीड लाग्दछ। यस वर्षको दसैँ र तिहारमा मात्रै श्रेष्ठले करिब रु पाँच लाखबराबरको झिनियाँबाट आम्दानी हुने बताए। अहिलेसम्म साढे चार लाखबराबरको झिनियाँ बिक्री गरिसकेका छन् भने रु ५० हजार बराबरको झिनियाँ बिक्री गर्न बाँकी रहेको उनले बताए । तिहारको दिन बिहानसम्म ग्राहक आउने भएकाले पनि तयारी अवस्थामा झिनियाँ राखेका छन्।

रामपुर नगरपालिकामा पहिलो व्यवसायका रूपमा श्रेष्ठले आजभन्दा एक दशकअघि झिनियाँ उद्योग सुरु गरेका हुन्। उनले सुरु गरेको व्यवसाय अहिले यस क्षेत्रमा फस्टाउँदै गएको छ । श्रेष्ठकै उत्प्रेरणामा यस क्षेत्रमा अन्य झिनियाँ व्यवसायी थपिँदै गएका छन्। रामपुर उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्षसमेत रहेका श्रेष्ठले रामपुर बजारमा झिनियाँ उत्पादन नदेखेपछि उद्योग सुरु गरेको बताए।

सानो हाते साँचोबाट सुरु भएको व्यवसाय अहिले ठूलो उद्योगको रूपमा स्थापित भएको छ। व्यापार बढ्दै जादा हाल विद्युत्बाट चल्ने दुईवटा ठूला मेसिनबाट झिनियाँ उत्पादन गर्छन्। तिहारको बेलामा खुद्रामात्रै एक व्यक्तिले दाजुभाइलाई कोशेलीको रूपमा सगुनस्वरुप दिन ४० दर्जनसम्म झिनियाँ लैजाने गरेको श्रेष्ठका श्रीमती लक्ष्मी श्रेष्ठले बताए। यस वर्ष मौसम राम्रो भएकाले विगत वर्षमा भन्दा उत्पादन धेरै हुँदा ग्राहकको मागअनुसार पुर्याउने कोसिसमा रहेको उनले बताए।

“महिलालाई झिनियाँ उद्योग धेरै राम्रो छ, घरायसी कामकाज सकेर दिउँसोको समय झिनियाँ बनाएर राम्रो आयआर्जन गर्न सकिन्छ, लगानी धेरै गर्न नपर्ने भएपछि थोरै लगानीमा घरभित्रै बसेर दिनहुँ आम्दानी गर्न सकिने भएकाले यो व्यवसाय महिलाका लागि धेरै राम्रो बनेको छ”, उनले भने।

लामो समय झिनियाँ व्यवसायमा बिताउनुभएकी श्रेठलाई यसको उत्पादनसम्बन्धी ज्ञान र सीप राम्रो छ। सुरुआतका बखत एक्लै उत्पादन गर्ने श्रेष्ठले पछिल्ला वर्षमा झिनियाँको माग बढी आउन थालेपछि कामदार नै राखेर बनाउने गरेको बताए। यस व्यवसायमा आबद्ध रहेदेखि नै अरुको परनिर्भर हुनु नपरेको र आफूले सकुन्जेलसम्म व्यवसायलाई निरन्तरता दिने उनको सोच छ।

प्रतिदर्जन रु ९० मा बिक्री भइरहेको छ। अन्य उद्योगमा उत्पादन भएको झिनियाँभन्दा गुणस्तरीय, ठूला, खादा स्वाद राम्रो हुने भएकाले यस उद्योगबाटै भाइटीकामा दाजुभाइलाई सगुन दिन झिनियाँ खरिद गर्न नवलपुरको बौदिकाली रुचाङबाट (नवलपरासी सुस्तापूर्व) बस्ने गिमकली खण्डलुकले रामपुरमा आएको बताए। तिहारमा मात्रै स्थानीय बजारका अलवा तानसेन, आर्यभन्ज्याङ, बुटवल, नारायणघाट, कावासोतीलगायतका विभिन्न बजारमा झिनियाँ खपत भइरहेको छ। उत्पादन धेरै गर्न सकियो भने फाइदा राम्रो हुने भएकाले झिनियाँलाई उद्योगकै रूपमा व्यवसायीले बर्सेनि विस्तार गर्दै गएका छन्।

पहिला बजारमा झिनियाँ अहिलेजसो पर्याप्त मात्रामा पाइँदैनथ्यो। घर–घरमा तिहारमा हातले घुमाउने सानो साँचोले घरायसी प्रयोजनका लागि मात्रै झिनियाँ बनाउने चलन थियो। तर हिजोआज बजारमा जताततै पाइन थालेपछि घरमा पहिलाजसो झिनियाँ बनाउने कार्य गरिँदैन । त्यसकारण पनि बजारका पसल, उद्योगमा झिनियाँ खरिद गर्न जाने ग्राहक बढ्दै गएका हुन्। उद्योग तथा बजारमा जतिबेला पनि खरिद गर्न पाइने भएपछि ग्राहकलाई चाडपर्वका बेला झिनियाँ खरिद गर्न धेरै सहज भएको छ।

भाइटीका लगाइदिएपछि कोशेलीका रुपमा सगुनस्वरुप झिनियाँ, सेलरोटी, बस्त्र उपहारलगायतका विभिन्न मीठा–मीठा परिकार दिदीबहिनीले आफ्ना दाजुभाइलाई दिने चलन रहेकाले झिनियाँ तिहारमा अनिवार्यरूपमा प्रयोग गर्दै आइरहेको तनहुँको घिरिङ गाउँपालिका–४ स्थित गड्यौलीटारबाठ झिनियाँ खरिद गर्न उद्योगमा आएकी सुनिता कुमालले बताइन्।

अघिल्ला वर्षको तुलनामा यसपटक झिनियाँको माग धेरै छ। दसैँ सुरु भएदेखि नै तिहारलाई लक्षित गरी झिनियाँ तयार पारे पनि ग्राहकको मागअनुसार यसपटक बजार थेग्न मुस्किल परेको व्यवसायी बताउँछन्। झिनियाबाट राम्रो आम्दानी हुन थालेपछि हिजोआज महिलाको यो व्यवसायमा आकर्षण बढ्दो छ । घरमा बसेर कम लगानीमा व्यवसाय सञ्चालन गर्न सकिने हुँदा ठूलो लगानी कसरी गर्ने भन्ने पिरलो छैन। झट्ट नबिग्रने हुँदा जुनसुकै समय उत्पादन भएको झिनियाँ भण्डारण गरेर बजारमा पठाउन सकिन्छ।

गाउँमा सवारीसाधनको सुविधा पुगेपछि गाडीमा ढुवानी गरेर झिनियाँ बजार पठाउन सजिलो छ। बिहान–साँझ घरधन्दा सकाएर महिलाले दिउँसोको समय झिनियाँ उत्पादन गरेर आफ्नो जीविका धानेका छन्। यसले पनि महिला परनिर्भरता हट्दै गएको छ । तिहारबाहेक विवाह, व्रतबन्ध, पूजाआजा, माघेसङ्क्रान्ति, तीजलगायतका विभिन्न पर्व र शुभकार्यमा यसको प्रयोग बढ्दो छ। चामलको पिठोलाई पकाएर मेसिनको सहायताले झिनियाँ बनाई सुकाएर तयार गर्ने गरिन्छ। महिलाले मात्रै सञ्चालन गर्न सकिने भएपछि गाउँ–गाउँमा घरेलु उद्योगअन्तर्गत झिनियाँ उद्योग विस्तार हुन थालेको छ। लगानी धेरै गर्न नपर्ने, बिहान साँझ घरायसी कामधन्दाका अलवा, छोराछोरी विद्यालय पठाएपछिको समय सदुपयोग गर्दै झिनियाँ बनाएर महिलाले आफ्नो खर्च चलाउन सक्ने भएका छन्।

रासस

प्रकाशित: २०८० कार्तिक २९ गते बुधबार ०९:३६
प्रतिक्रिया

थप समाचार

तिहार र छठमा विद्युत आपूर्ति प्रभावित हुन नदिन नेपाल विद्युत प्राधिकरणको विशेष तयारी

काठमाडौँ: नेपाल विद्युत प्राधिकरणले तिहार तथा छठ पर्वका अवसरमा उपभोक्तालाई भरपर्दो, नियमित र गुणस्तरीय विद्युत आपूर्ति सुनिश्चित गर्न विशेष तयारी गरेको छ। उज्यालोको पर्व तिहारमा विद्युत...

अयोध्या–जनकपुर रेल सञ्चालनको तयारी तीव्र, ट्रयाक परीक्षण गर्न भारतीय रेल जनकपुर आइपुग्यो

जनकपुर: भारतको अयोध्यादेखि जनकपुरधामसम्म रेल सञ्चालनको तयारी तीव्र रुपमा भइरहेको छ। विगत एक महिनादेखि रेल सञ्चालनका निम्ति नेपाल र भारतीय रेल विभागका कर्मचारीहरुले पटक पटक अनुगमन तथा छलफल...

को हुन् नवनियुक्त आईजीपी केसी? किन हुँदैछ ५३ साल दोहोरिएको चर्चा?

काठमाडौँ: सरकारले दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्रीको विशेष सुरक्षा...

२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने? बनाइँदैछ ‘नेपाल डेभलपमेन्ट भिजन’

उनले भने, ‘२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने भन्ने नेपाल डेभलपमेन्ट भिजनको एउटा अभ्यास गरौँ भनेर हामी लागिरहेको छौँ। र त्यसमा पनि निजी क्षेत्रको, अरू प्रबुद्ध वर्गको एउटा महत्त्वपूर्ण सहभागिता...

तीन महिनामा भित्रियो साढे ६४ करोडको झिलिमिली बत्ती

तिहारलाई लक्षित गर्दै चालु आर्थिक वर्ष २०८३÷८४ को पहिलो तीन महिनामा ६४ करोड ५२ लाख रुपैयाँ बराबरको झिलिमिली बत्ती आयात भएको छ। भन्सार विभागको तथ्यांकअनुसार असोजसम्म २८ लाख ५९ हजार थान झिलिमिली...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना