काठमाडौं- सोमबार बिहान रुकुम पश्चिममा जिप दुर्घटना हुँदा २२ जना यात्रु घाइते भएका छन् । प्रहरीका अनुसार, घाइते हुनेहरुमध्ये ५ जना घाइतेको अवस्था गम्भीर छ ।
आज बिहान चौरजहारी नगरपालिकाको खोलागाउँदेखि सदरमुकाम मुसिकोट खलंगातर्फ जाँदै गरेको लु१ज २२९७ नम्बरको जिप मध्यपहाडी लोकमार्ग अन्तर्गत चौरजहारी नगरपालिका–८ गैरीजिउला भन्ने स्थानमा दुर्घटना भएको हो । जिप सडकबाट करिब २५० मिटर तल भेरी नदी किनारमा खसेको छ ।


