२०८३ कार्तिक १३ गते बिहिबार

हलगोरु पाल्नेलाई १५ हजार अनुदान

 |  रासस
Sanket

रासस

काठमाडौँ, मङ्सिर १०
goru_jotai

पर्वत- बढ्दो युवा शक्तिको पलायनसँगै ग्रामीण क्षेत्रमा गोरु पाल्ने प्रचलन हराउँदै गएको छ। पछिल्लो समय गाउँ-गाउँमा मिनिटिलरको प्रयोग बढ्दै गएको अवस्था पनि छ। छोटो समयमै धेरै काम गर्न सकिने, पालनपोषण गर्न झन्झट पनि नहुने र सरकारी निकायले पनि अनुदानमा मिनिटिलर उपलब्ध गराउन थालेकाले गोरु पाल्ने प्रचलन हराउँदै गएको हो।

स्थानीय जलजला गाउँपालिकाले भने गोरु पालनतर्फ किसानलाई आकर्षण गर्ने उद्देश्यले अनुदान दिन थालेको छ। कृषिमा यान्त्रिकीकरण बढ्दै जाँदा गोरु लोप हुन लागेको र यसबाट सामान्य आर्थिक अवस्था भएका किसान मारमा परेकाले गाउँपालिकाले यो योजना लागु गर्न लागेको हो।

मिनिटिलर किन्न नसक्ने तथा किनेकाहरूका घरमा पनि जनशक्ति अभावले नचलाउने समस्याले किसानले खेती लगाउन नै छोड्ने स्थिति देखिएकाले गोरु पाल्ने किसानलाई प्रोत्साहन गर्न प्रतिगोरु दुई हजारका दरले अनुदान उपलब्ध गराउन लागिएको गाउँपालिकाले जनाएको छ। हलगोरु पाल्ने किसानलाई भने १५ हजार रूपैयाँ अनुदान दिइने भएको छ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत फणिन्द्रप्रसाद आचार्यका अनुसार आर्थिक वर्ष २०८०/८१ को पशुसेवा शाखातर्फ स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत गाउँपालिकाका चार सय गोरुका लागि कुल आठ लाख रूपैयाँ अनुदान वितरण गरिने भएको छ। ‘यसका लागि गाउँपालिकाका इच्छुक पशुपालक किसान, समूह, फार्म, सहकारी आदिले सूचना प्रकाशन भएको ३५ दिनभित्रमा फाराम भरेर बुझाउनुपर्नेछ,’ उनले भने, ‘यो कार्यक्रमका लागि गाउँपालिकामा चालु आर्थिक वर्षमा आठ लाख रूपैयाँ बजेट विनियोजन गरिएको छ।’ स्थानीय गाईगोरु संरक्षण कार्यक्रम कार्यान्वयन मापदण्ड, २०७९ अनुसार नै यो कार्यक्रम सञ्चालन गरिने प्रमुख प्रशासकीय अधिकृत आचार्यले बताए।

स्थानीय गाईगोरु पाल्ने किसानको सङ्ख्या वृद्धि गर्न तथा गाईगोरु पालेका किसानको क्षति कम गर्नका लागि गाउँपालिकाका चार सय गाईगोरुका लागि निःशुल्क पशु बीमा गर्ने योजना पनि सँगसँगै लागु गर्ने गाउँपालिकाको तयारी रहेको र यसका लागि कुल तीन लाख रूपैयाँ छुट्याइएको पालिकाले जनाएको छ।

गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले स्थानीय जातका गाई पाल्ने क्रम हराउँदै जाँदा गाई नै लोप हुने अवस्था रहेको तथा स्थानीयवासीले गाई नै नपालेपछि गोरु उत्पादनसमेत हुन छाडेकोले यो कार्यक्रम सुरु गरिएको बताए।

व्यावसायिक किसानलाई गाउँपालिकाले नै मिनिटिलर उपलब्ध गराए पनि पहाडी क्षेत्रका भिराला र बाटोको सुविधा नभएका ठाउँमा मिनी टिलर लैजान नसक्दा पाखा, छेउछाउ र भीर नजिकैका जग्गा बाँझो रहन थालेको उनको भनाइ थियो।

गोरु पालेपछि प्रांगारिक मल पनि उत्पादन हुने र यसबाट बालीनालीको उत्पादन पनि बढ्ने भएकाले गोरु पालनमा प्रोत्साहन गरिएको हो। एउटा टोलमा एक जनाले एक हल गोरु पालेर बस्यो भने खेती लगाउनेलाई पनि सस्तो, जग्गा बाँझो पनि नरहने र गोरु पाल्नेले पनि रोजगारी पाउने भएकाले हलगोरु भएकालाई १५ हजार रूपैयाँ अनुदान दिने योजना बनाइएको अध्यक्ष आचार्यले बताए।

एक हल गोरुलाई वार्षिक रूपमा ३०/४० हजार रूपैयाँ अनुदान दिनसक्ने हो भने ती गोरुको प्रयोग हुँदा कहीँका जग्गा पनि बाँझो नरहने भन्दै उनले हल गोरु पाल्नेको फोटो नै गाउँपालिकामा टाँसेर राख्ने बारेमा पनि सोच बनाइएको बताए।

मिनिटिलरमा निर्भर हुँदा नेपालको धन बाहिरिएकोले पनि यसमा सबैको ध्यान जानुपर्ने अध्यक्ष आचार्यको सुझाव थियो।
व्यावसायिकरूपमा खेती गर्ने र ठूला गरा भएकाको लागि मिनिटिलर ठिक भए पनि यस्ता उपकरण लैजान नसक्ने विकट क्षेत्रमा जमिन बाँझो हुँदै आएको छ।

गाईगोरु पाल्ने किसानलाई गत आर्थिक वर्षमा एक हजार अनुदान दिएकामा यो वर्ष दुई हजार रूपैयाँ दिन लागिएको हो। गाउँपालिकामा कम्तीमा पनि ५० हल गोरु भएमा बाँझो जमिन घट्दै जाने अध्यक्ष आचार्यको भनाइ थियो। यसअघि गाउँपालिकाले स्थानीय जातका गाईपालन गर्ने किसानलाई पोषण खर्चस्वरुप वार्षिक दुई हजार पाँचसय दिँदै आएको छ। -रासस

प्रकाशित: २०८० मङ्सिर १० गते आईतबार ०५:४९
Sanket

रासस

राष्ट्रिय समाचार समिति (रासस) नेपालको सबैभन्दा पुरानो र देशव्यापी रूपमा रहेको समाचार समिति हो।
प्रतिक्रिया

थप समाचार

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...

नीतिगत दरले बैंकको ब्याजदेखि बजारसम्म कसरी असर गर्छ?

नीतिगत ब्याजदर भनेको केन्द्रीय बैंकले अर्थतन्त्रमा कर्जा र पैसाको प्रवाहलाई प्रभावित गर्न निर्धारण गर्ने प्रमुख ब्याजदर हो। नेपालमा यस्तो दर नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत प्रयोग...

मुद्रास्फीतिको दबाबले सर्वसाधारणको जीवनमा कस्तो असर पर्छ?

सरल भाषामा भन्नुपर्दा, अर्थतन्त्रमा वस्तु तथा सेवाको मूल्य बढ्ने वा मूल्यवृद्धिको जोखिम बढ्ने अवस्था नै मुद्रास्फीतिको दबाब बढ्नु हो।

३ हजारको सामान किनेकी सन्तमायाले जितिन् १० लाख, १ लाख जित्ने १६ जना को? [सूची]

काठमाडौँ: नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गरेर लिएको बिलका आधारमा १० लाख रुपैयाँ जितेकी छन्। आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत गोलाप्रथाबाट...

१० लाखमाथिको कारोबारमा सेबोनको निगरानी, लगानीकर्ताको विवरण र रकमको स्रोत जाँचिने

कम्पनीको नाममा कारोबार भए पनि ‘वास्तविक धनी’ खोजिने, उच्च पदस्थ व्यक्तिको कारोबारमा थप निगरानी
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना