२०८३ कार्तिक २१ गते शुक्रबार

गृहमन्त्री नारायणकाजीले गरे त्रिभुवन विमानस्थल निरीक्षण

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, चैत २६
narayankaji

काठमाडौं– उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसहितको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनुगमन र निरीक्षण गरेको छ। मन्त्री श्रेष्ठ गृहसचिव विनोदप्रकाश सिंह र अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीलाई सँगै लिए विमानस्थल निरीक्षणमा पुगेका थिए।

त्रिभुवन विमानस्थलमा नागरिकलाई सास्ती दिने घटना बढेपछि अनुगमनमा निस्कनुपरेको गृहमन्त्री श्रेष्ठले बताए। शुक्रबार मात्रै सदनमा सांसदहरुले त्रिभुवन विमानस्थलमा विदेश रोजगारीका क्रममा मृत्यु भएकाको शव बाकस नेपाल ल्याउँदासमेत कर्मचारीले फुटाउने गरेको गुनासो पोखेका थिए।

उपप्रधानमन्त्री श्रेष्ठलाई अध्यागमन कार्यालय प्रमुख अध्यागमन अधिकृत रामबाबु सुवेदी, नागरिक उड्डयन कार्यालयका महाप्रबन्धक प्रमुख प्रतापबाबु तिवारी एवं सुरक्षा निकायका अधिकारीले विमानस्थल प्रशासनका चालू गतिविधि र नयाँ योजनाबारे रिपोर्टिङ गरेका थिए।

गृहमन्त्री श्रेष्ठले विमानस्थलको हेल्प डेस्कलाई प्रभावकारी बनाउन र सेवाग्राहीलाई दुःख नदिन विमानस्थल प्रशासनलाई आग्रह गरे। विमानस्थलको तत्काल र दीर्घकालीन सुधारका लागि १५ दिनभित्र पुनर्संरचना प्रस्ताव प्रस्तुत गर्न उनले निर्देशन दिए। उनले भने, ‘अन्तर्राष्ट्रिय विमानस्थल राष्ट्रिय पहिचान हो,’ श्रेष्ठले भने, ‘यहाँबाट अपराध आयात नहोस् भनेर हामी अतिरिक्त सक्रिय हुनु जरुरी छ।’

विमानस्थल प्रशासन नेपाल घुम्न आउने विदेशी पर्यटक र विदेशमा रोजगारी गर्न जाने नेपाली श्रमिकप्रति सहृदयी हुनु जरुरी रहेको उपप्रधानमन्त्री श्रेष्ठको भनाइ थियो। विप्रेषणबाट देशको अर्थतन्त्र धानिरहेका वैदेशिक श्रमिकलाई हेप्ने, दुःख दिने र झन्झट थोपर्ने काम सैह्य नहुने उनले चेतावनी दिए।

प्रकाशित: २०७९ चैत २६ गते आईतबार ०७:२७
प्रतिक्रिया

थप समाचार

४ खर्बको बूढीगण्डकीसहित साढे २४ खर्बका आयोजना सोकेश गरिँदै [सूची]

रकारले लगानीमैत्री वातावरण निर्माणका लागि ५९ वटा कानुनको मस्यौदा तयार पारेको छ।

लगानीकर्ता संरक्षण कोषमा १ अर्ब उपयोगविहिन, सेबोन मातहत ल्याउन सम्भव छ?

कम्पनी रजिस्ट्रारको कार्यालयमा रहेको कोषलाई सेबोन मातहत ल्याएर बजारमा संकट पर्दा लगानीकर्तालाई राहत दिने, क्षतिपूर्तिको व्यवस्था गर्ने, वित्तीय साक्षरता बढाउने तथा बजारको स्थायित्व कायम...

समस्याग्रस्त कर्णाली विकास बैंकको पछिल्लो अवस्था के छ?

यसरी कर्णाली डेभलपमेन्ट बैंकको भविष्य अझै राष्ट्र बैंकले तय गर्ने व्यवस्थापन र पुनः सञ्चालनको मोडालिटीमा निर्भर छ। तत्कालका लागि ऋण असुलीमार्फत साना निक्षेपकर्तालाई रकम फिर्ता गर्ने प्रयास...

अब एआईको निगरानीमा सेयर बजार, तथ्यांक विदेशमा राख्न नपाइने

नयाँ नीतिले सेयर बजारमा एआई र मेसिन लर्निङको प्रयोग, स्वचालित कारोबार प्रणाली, साइबर सुरक्षा, तथ्यांक संरक्षण तथा डिजिटल सेवासम्बन्धी व्यवस्थालाई समेटेको छ।

बीमाको पहुँच बढ्दो, ५२.३५ प्रतिशत जनतामा पुग्यो, जीवन बीमालेख जारीमा वृद्धि

२०८३ साउनसम्म बीमाको दायरामा आएको जनसंख्या ५२.३५ प्रतिशत पुगेको हो। गत आर्थिक वर्षको साउनमा यस्तो जनसंख्या ४९.०८ प्रतिशत थियो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
himali_hydro
शेयर बजार

हिमाली हाइड्रो फण्डले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाडौं। निर्माणाधीन सोना खोला जलविद्युत् आयोजनाको प्रबर्द्धक हिमाली हाइड्रो फण्ड लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। फण्डले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा...
kalyan
ब्लग

नेपाल प्रहरी जनताको सेवक हुने कि जनताको त्रासदिमा रमाउने?

मुलुकको सुरक्षा, जनचेतना, सामाजिक न्याय र अमनचयनको विषयलाई समाजशास्त्रको दृष्टिबाट हेर्दा नेपाल प्रहरी केवल एक ‘कानुन कार्यान्वयन गर्ने निकाय’ मात्र नभई राज्यको राजनीतिक, आर्थिक र सांस्कृतिक...
dinesh thakali
बैंकिङ

डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको अध्यक्षमा दिनेश थकाली निर्वाचित

काठमाडौँः डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको २१औँ वार्षिक साधारण सभाले आगामी दुई वर्षे कार्यकालका लागि कामना सेवा विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीलाई अध्यक्ष पदमा...
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना