काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन सरकार पाँचै वर्ष जाने बताएका छन्। गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आयोजित जनतासँग अन्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री प्रचण्डले उक्त कुरा बताएका हुन्। गठबन्धन सरकारको एक वर्षे कार्यकालमा केही रेकर्ड कायम हुने काम भएको बताउँदै प्रधानमन्त्रीले बाँकी ४ वर्षमा धेरै राम्रा काम गरिने बताए।
‘सरकारले यो एक वर्षे कार्यकालमा केही रेकर्ड कायम हुने केही कामहरु गरेको छ,’ उनले भने, ‘नागरिकता समस्या , मिटरव्याजीको समस्या , सामाजिक सुरक्षाको क्षेत्रमा , विकास निर्माणको क्षेत्रमा सरकारले बुढिगण्डकी आयोजना , जलवायु न्यायको विषयमा पर्वतिय देशहरुको नेतृत्व गरिएको छ । एक वर्षमा यति काम भए भने बाँकि ४ वर्षमा त झनै धेरै राम्रा काम हुनेछन्।’
सरकारले राम्रा कामको सुरुवात गरेको भएको भएपनि गणतन्त्र र परिर्वतन विरोधीहरुले ती काम राम्रा भए भनेर नभन्ने बताउँनुहुँदै राम्रा कामको पचार जनता र परिर्वतन पक्षधरले गर्नुपर्ने प्रधानमन्त्रीको भनाइ थियो। ‘हामीले गाउँगाउँमा सिंहदरबारको रुपमा महिला, दलित र सबैको समानुपातिक प्रतिनिधित्व हुने व्यवस्था स्थापना गरेका छौं। यसबाट धेरै राम्रा काम पनि भएका छन्। त्यसको पक्षमा हामीले बोल्नुपर्छ। सरकारका राम्रा कामको प्रचार हामीले नै गर्नुपर्छ,’ उनको भनाइ छ।
पछिल्लो समय परिर्वतन विरोधिहरुले सरकार, गठबन्धन र प्राप्त उपलब्धिका विरुद्ध सडयन्त्र गरिरहेको प्रधानमन्त्रीको जिकिर छ। ‘गठबन्धनका विरुद्ध विभिन्न सडयन्त्र र धार्मिका द्धन्द्ध सिर्जना गर्न खोजियो । तर उनीहरुले जतिसुकै बल गरेपनि केही भएको छैन । हामीले बडो धैर्यताको साथ धार्मिक र अतिवादी प्रयास विफल तुल्यायौं,’ प्रधानमन्त्री प्रचण्डले भने।
प्रधानमन्त्री प्रचण्डले पहिलो वर्ष गठबधन परिर्वतन लगायतका विभिन्न अलमलका बजेट निर्माणमा राम्रो ध्यान दिन नसकिएको बताउँदै यो वर्ष बजेट निर्माणमा व्यापक छलफल गरेर जनताको सहभागीता बजेट निर्माणमै गराइने बताए।
प्रधानमन्त्री प्रचण्ड नेकपा (माओवादी केन्द्र)को जनतासँग रुपान्तरण अभियान अन्तर्गत अध्यक्ष प्रचण्ड सातवटा प्रदेशका सात वटा वडा जानुपर्ने कार्यक्रम अन्तर्गत वारपाक सुलिकोट गाउँपालिको ८ वडा उनको जिम्मा परेको थियो। सोही कार्यक्रममा सहभागी हुन गोरखा पुगेका हुन्।


