डेल्टा अटोकर्प र हुलास फिनसर्भको साझेदारीमा भेस्पा अप्रिलिया खरीदकर्ताले सरल रूपमा फाइनान्स सुविधा प्राप्त गर्ने भएका छन्।
भेस्पा अप्रिलिया नेपालले आफ्ना ग्राहकहरुलाई सरल फाइनान्स सुविधा उपलब्ध गराउनका लागि हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडसँग साझेदारी गरेको छ।
नेपालका लागि भेस्पा अप्रिलिया स्कुटरको आधिकारिक बितरक डेल्टा अटोकर्प प्रा.लि ले जनाए अनुसार ग्राहकहरुले स्कुटरको मुल्यको ६० प्रतिशतसम्म फाइनान्स गर्न सकिने र सो कर्जाको भुक्तानि अवधि ६ देखि २४ महिनासम्म रहनेछ।
यो सुविधा नेपाल भरका भेस्पा अप्रिलिया स्कुटरका शोरुमहरुमा उपलब्ध रहनेछ।
डेल्टा अटोकर्पका सीईओ तथा निर्देशक विजय महतोले साझेदारीप्रति खुशी व्यक्त गरे। हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडका महाप्रबन्धक समिर ठाकुरका अनुसार सरल फाइनान्स सुविधाले फाइनान्समा स्कुटर खरिद सहयोग गर्छ।
डेल्टा अटोकर्प प्रा.लि र हुलास फिनसर्भ हायर पर्चेजको सहकार्यले ग्राहकहरुलाई उत्कृष्ट फाइनान्सिङ सेवा उपलब्ध गराउने र बजारमा आफ्नो पकड बलियो बनाउने विश्वास कम्पनीको छ।


