२०८३ कार्तिक १४ गते शुक्रबार

नेपाल लाइफ इन्स्योरेन्सद्वारा ट्राफिक प्रहरीलाई चेकिङ्ग बोर्ड प्रदान

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, माघ १२
Nepal_life

काठमाडौं– नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ट्राफिक प्रहरीलाई चेकिङ्ग बोर्ड प्रदान गरेको छ। बुधबार काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथमा आयोजित एक विशेष समारोह बीच यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले उक्त कार्यालयका प्रमुख प्रहरी नायव महानिरिक्षक पोशराज पोखरेललाई करिब १८ लाख बराबरको १९० थान चेकिङ्ग बोर्ड हस्तान्तरण गरे।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले काठमाडौं उपत्यकाको विभिन्न स्थानहरुमा ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनिकरणको लागी ट्राफिक प्रहरीले गर्ने चेकिङ्गलाई थप व्यवस्थित र सुरक्षित बनाउन संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत ट्राफिक चेकिङ्ग बोर्ड प्रदान गरिएको बताए।

साथै उक्त चेकिङ्ग बोर्डहरुको निरन्तर प्रयोग र थप उपयोगी बनाउन आगामी पाँच वर्षसम्म आवश्यक मर्मत संभार समेत यस कम्पनीले गर्ने प्रतिबद्धता जाहेर गर्दै उनले आगामी दिनमा ट्राफिक व्यवस्थापनका क्षेत्रमा आवश्यक सहकार्य र सहयोग गर्न कम्पनी तत्पर रहेको समेत बताए। निकट भविष्यमा कम्पनीले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने कुरा प्रमुख कार्यकारी अधिकृत पराजुलीले जानकारी दिए।

कार्यक्रममा बोल्दै काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरिक्षक पोशराज पोखरेलले कम्पनीले गरेको सहयोगका लागि धन्यवाद दिए। यो सहयोगले ट्राफिक प्रहरीलाई सवारी दुर्घटना न्यूनिकरण गर्नुका साथ साथै ट्राफिक व्यवस्थापनलाई चुस्त दुरुस्त बनाउन मद्दत पुग्ने कुरा बताए। आगामी दिनमा पनि नेपाल लाइफ इन्स्योरेन्स कम्पनीसँग सहकार्य गर्दै ट्राफिक तथा सडक सुरक्षासँग सम्बन्धित कार्यक्रमहरु संचालन गर्न आतुर रहेको बताए।

प्रकाशित: २०८० माघ १२ गते शुक्रबार ०१:३१
प्रतिक्रिया

थप समाचार

कामना विकास बैंक २०औँ वर्षमा, ८ स्थानमा रक्तदान कार्यक्रम गर्ने

काठमाडौँ: कामना सेवा विकास बैंकले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका आठ स्थानमा बृहत् रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। बैंकका अनुसार कार्तिक १५ गते कोशी प्रदेशको विराटनगरमा र कार्तिक...

आईसीटी अवार्डका लागि चार विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनोट

आईसीटी अवार्ड २०२६ अन्तर्गत स्टार्टअप तथा इनोभेसनसम्बन्धी चार विधाका ५० सेमिफाइनलिस्ट सार्वजनिक भएका छन्। अवार्डको ११औँ संस्करणका लागि प्राप्त २३० भन्दा बढी आवेदनबाट दुई चरणको छनोट प्रक्रियामार्फत...

कच्चा तेलको मूल्य बढेर ब्यारेलको ११७ डलरमाथि, महँगी बढ्ने जोखिम

काठमाडौँः अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ११७ डलर माथि पुगेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ब्यारेलको ११७.३ डलरमा कारोबार भएको आयल प्राइस डटकमले जनाएको छ। पश्चिम...

पोखरामा ‘पल्सर आरपीएम’ हुँदै, स्टन्ट र स्ट्रीट कल्चरको रोमाञ्चक अनुभव लिन पाइने

काठमाडौँ: युवामाझ लोकप्रिय मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रीट कल्चरलाई समेट्दै ‘पल्सर आरपीएम’ कात्तिक १४ गते पोखरामा आयोजना हुने भएको छ। पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा...

मेटलाइफ नेपालले सुरु गर्‍यो अनलाइन दाबी ट्र्याकिङ सेवा

काठमाडौँ: मेटलाइफ नेपालले बीमित ग्राहकलाई आफ्नो दाबी प्रक्रियाको अवस्था अनलाइनबाटै हेर्न मिल्ने सेवा सुरु गरेको छ। नयाँ प्रणालीमार्फत ग्राहकले ग्राहक सेवा केन्द्रमा फोन नगरी वा कम्पनीको...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना