काठमाडौं– सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडको अध्यक्ष्मा रतनलाल केडिया नियुक्त भएका छन्। माघ ११ मा सम्पन्न छैठौं वार्षिक साधारण सभाबाट निर्विरोध निर्वाचित भएका सञ्चालकहरु रतनलाल केडिया, कुमार प्रसाद कोइराला, भरत कुमार तोदी, डा. सुवर्ण दास श्रेष्ठ, केशव राज केसी र परिक्षीत खेम्का मध्येबाट १२ गते बसेको सञ्चालक समिति बैठकले केडियालाई सञ्चालक समितिको अध्यक्षको रुपमा नियुक्त गरेको हो।
१४ गते अध्यक्ष केडियाले नियामक निकाय नेपाल बीमा प्राधिकरणका अध्यक्षसूर्य प्रसाद सिलवाल समक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेर पदभार ग्रहण गरे। अन्य सञ्चालकहरुले अध्यक्ष समक्ष पद तथा गोपनियताको शपथ लिएर पदभार ग्रहण गरेका छन्।


