काठमाडौँ- व्यवसायी अरुण चौधरी पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई पक्राउ गरेको हो।
बाँसबारी छाला जुत्ता उद्योगको जग्गा अतिक्रमण गरेको आरोपमा सीआईबी पक्राउ गरेको हो। प्रहरीले चौधरीलाई सीआईबीमा पुर्याएको छ।
बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा चौधरीको संलग्नतामा अतिक्रमण गरेको पाइएकाले चौधरीलाई पक्राउ गरिएको सीआईबीको भनाइ छ।


