२०८३ कार्तिक १६ गते आईतबार

अपराधीलाई कारबाही थाले वक्तव्यबाजी हुन्छ, राज्यलुटमा छुट हुँदैन : गृहमन्त्री श्रेष्ठ

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, माघ १९
narayan_kaji

पोखरा- उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले राज्य ठग्नेलाई कारबाही गर्न खोज्दा राजनीतिक दबाब आउने गरेको बताएका छन्।

गण्डकी प्रदेश स्तरीय सुरक्षा गोष्ठीलाई पोखरामा सम्बोधन गदै श्रेष्ठले अपराध गर्ने कसैलाई पनि छुट दिन नसकिने बताए। कारबाही गर्न खोज्दा निरन्तर हस्तक्षेप भइरहेको उनको गुनासो छ।

‘गल्ती/अपराध गर्नेलाई कारबाही गर्न थाल्यो भने वक्तव्यबाजी सुरु हुन्छ, दवाव सुरु हुन्छ। उद्योग व्यवसायीलाई गर्न भएन नि! हामीले कर तिरेका छौँ भन्छन्,’ गृहमन्त्री श्रेष्ठले थपे, ‘ठिक छ त निजी क्षेत्रलाई पनि हामीले भने कै छौँ त। निजी क्षेत्रको सहयोग साथबिना नेपालको अर्थतन्त्रलाई सकारात्मक तिर लान सकिँदैन। तर, कसैलाई पनि राज्यलाई लुट्ने छुट दिन सकिँदैन। कसैलाई पनि जालसाजी गरेर ठग्ने छुट दिन सकिँदैन। कसैलाई पनि अपराध गर्ने छुट दिन सकिँदैन।’

सत्तासँग पहुँच भएका राजनीतिक नेताहरू र कर्मचारीहरुको संलग्नता वा उनीहरूलाई प्रयोग गरेर हुने जालसाजी, कीर्ते, ठगी र राज्यलुटलाई कुनै पनि हालतमा छुट नदिने उनले बताए।

‘स्थिति कस्तो छ भने कुनै अपराधको काममा, ठगीको काममा, जालसाजीमा, लुटमा कोही राजनीतिक पृष्ठभूमि भएको मान्छे पर्‍यो भने राजनीतिक पार्टीका नेताहरू कराउन थाल्छन्,’ उनले भने, ‘ऊ त नेता हो, हाम्रो पार्टीको हो, गठबन्धनको हो, प्रतिपक्षको हो, गर्न पाइँदैन। त्यसरी चल्दैन यो देश। अब यसरी सञ्चालन हुन सक्दैन। कर्मचारीले कुनै गल्ती गर्‍यो कारवाही गर्न थाल्यो भने कर्मचारी संगठनले बोल्न थाल्छ। कर्मचारीले पनि त्यस्तो गर्न भएन नि।’

उपप्रधानमन्त्री श्रेष्ठले सुरक्षा निकाय र कर्मचारीलाई संविधान कार्यान्वयन, ऐन कार्यान्वयन गर्न र लोकतन्त्रको प्रत्याभूति व्यवहारमा जनतालाई दिन आफ्नो कर्तव्य निर्वाह गर्न त्यसमा कुनै पनि प्रकारको अवाञ्छित हस्तक्षेपबाट भयभित नहुन आश्वस्त पारे।

सुशासन आजको समृद्धिको अभियानको लागि पूर्वसर्त भएको बताएका उनले मिटरब्याजी, अनुचित लेनदेन र सहकारीमा आर्थिक समस्या सिर्जना गरेर शान्तिसुरक्षा खलबल्याउने प्रयास भइरहेको मन्त्री श्रेष्ठले बताए।

पीडितलाई न्याय दिनु राज्यको पहिलो काम रहेको भन्दै श्रेष्ठले त्यसलाई कुनै पनि हालतमा ढिलासुस्ती र उपेक्षालाई छुट नहुने भन्दै मातहतका निकायलाई गम्भीरताका साथ काम गर्न निर्देशन दिए। जनताको बचत ठग्नेविरुद्ध कडाइपूर्वक कारबाहीको प्रक्रिया अगाडि बढाएर बचतकर्ताको बचत फिर्ता गर्ने तर्फ काम गर्न उनले निर्देशन दिए।

बाँसबारी छालाजुत्ता कम्पनीको १० रोपनी जग्गा हडपेको आरोपमा बिहीबार मात्र व्यवसायी अरुण चौधरीसहित तीन जना पक्राउ परेका थिए। आईबी)ले जानकारी दिएको छ।

अरुण चौधरीले बाँसबारी छालाजुत्ता कारखानाबाट च्याम्पियन फुटवेयर लिमिटेडको नाममा आएको १० रोपनी जग्गा निजीकरण गरेको आरोप छ।

बाँसबारी छालाजुत्ता कारखानाका पूर्वअध्यक्ष थापालगायतले मिलेमतोमा गरी सरकारको नामको १० रोपनी जग्गा कीर्ते गरी चौधरीलगायतका नाममा निजीकरण गरेको आरोप छ।

उनीहरू दुवैलाई हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंँले प्रहरीलाई ४ दिनको म्याद दिएको छ। यही आरोपमा सीजी चाँदबागका अध्यक्ष सञ्जय ठाकुर पनि पक्राउ परेका छन्।

चौधरी लगायतलाई पक्राउ गरिएको भन्दै निजी क्षेत्रका अगुवाले आपत्ति जनाएका थिए।

अरुण चौधरी पक्राउबारे निजी क्षेत्र भन्छ- सरकारले पेल्न थाल्यो!

प्रकाशित: २०८० माघ १९ गते शुक्रबार ०२:४३
प्रतिक्रिया

थप समाचार

सरकारको कार्यशैलीमाथि गगन थापाले उठाए प्रश्नै प्रश्न

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिकका मौलिक अधिकारमाथि हस्तक्षेप गरेर सुशासन कायम गर्न...

सरकारले गर्‍यो एनप्याब्सन निलम्बन, संगठनका गतिविधिमा रोक

काठमाडौँ: सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई निलम्बन गरेको छ।अर्को निर्णय नभएसम्मका लागि संस्थाको दर्ता तथा सञ्चालनसम्बन्धी गतिविधिमा रोक लगाइएको...

कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ। ललितपुरको सानेपास्थित...

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना