२०८३ कार्तिक १६ गते आईतबार

सांसदलाई कांग्रेसको निर्देशन : संसद चलेका बेला काठमाडौँबाहिर जानुपरे स्वीकृति लिनू

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, माघ १९
nc_samsadiya

काठमाडौँ– नेपाली कांग्रेसले संघीय संसदको बैठक चलिरहेको बेला सांसदले काठमाडौँबाहिर जानुपरे लिखित स्वीकृति लिन निर्देशन दिएको छ। शुक्रबार बसेको कांग्रेस संसदीय दलको प्रमुख सचेतक वा सचेतकसँग लिखित स्वीकृत लिन निर्देशन दिएको हो।

अत्यवाश्यक कार्यले राजधानी बाहिर जानु परेमा कारण पनि खुलाउनु पर्ने दलले निर्देशन दिएको हो।

‘देशको सबैभन्दा ठूलो पार्टीका रुपमा स्थापित कांग्रेसले संसदको प्रभावकारिता जिम्मेवार रुपमा काम गर्नुपर्दछ,’ बैठकको निर्णय सुनाउँदै प्रमुख सचेतक लेखकले भने।

पार्टी सभापति शेरबहादुर देउवाले सांसदहरुलाई समिति र संसदमा थप क्रियाशील हुन निर्देशन दिए। नागरिकका सरोकारका मुद्दा संसदमा उठाउने प्रतिवद्धता कांग्रेसले बैठकमार्फत गरेको छ।

गणपूरक संख्या नपुगेर संसद बैठक अवरुद्ध हुने र समितिको बैठक पनि प्रभावित हुने अवस्थाको अन्त्य गर्न पार्टीेले सांसदहरुलाई उत्तरदायी गराउने निर्णय लिएको लेखकले बताए।

कोशीमा राष्ट्रिय सभा गठबन्धनका एक उम्मेदवार पराजित हुनु अनेपेक्षित भएको ठहर बैठकले गरेको छ।

बैठकमा सांसदद्वय चन्द्र भण्डारी र विनोद चौधरीले समय लिएर बोलेका थिए। उद्योगपति तथा व्यवसायी समेत रहेका चौधरीले सरकारले पूर्वाग्रह साँधेर आफ्ना भाइ अरुण चौधरीलाई पक्राउ गरेको आरोप लगाए।

पार्टी र संसदीय समितिलाई संयोजन गर्ने सांसदहरुलाई जिम्मेवारी बैठकले दिएको छ।

समितिमा पार्टीबाट तोकिएका संयोजकहरुः
१. अर्थ समिति – रामनाथ अधिकारी
२. अन्तराष्ट्रिय सम्बन्ध र पर्यटन समिति – डा. नारायण खड्का
३. उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति – रमा कोइराला पौड्याल
४. कानून न्याय तथा मानव अधिकार समिति – नागिना यादव
५. कृषि, सहकारी तथा प्राकृति स्रोत समिति – कुसुमदेवी थापा
६. महिला तथा सामाजिक मामिला समिति – आशा विक
७. राज्य व्यवस्था तथा सुशासन समिति – दिलेन्द्रप्रसाद वडू
८. पूर्वाधार विकास समिति – दिनेश कुमार यादव
९. शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति – लिलादेवी बोखिम (लिम्वू)
१०. सार्वजनिक लेखा समिति – श्यामकुमार घिमिरे

प्रकाशित: २०८० माघ १९ गते शुक्रबार ०६:४६
प्रतिक्रिया

थप समाचार

विश्वको अर्थतन्त्र आकार १२८० खर्ब हुँदा नेपालको साढे ४५ अर्ब डलर मात्र

विश्वको कुल अर्थतन्त्रको ४२ प्रतिशतभन्दा बढी हिस्सा अमेरिका र चीनले ओगटेका छन्। अमेरिकाको अर्थतन्त्रको हिस्सा विश्वको एक चौथाइ छ। अमेरिका, चीन, जर्मनी र जापान—यी चार देशले मात्र विश्वको कुल...

निर्यातले खर्ब नाघ्दा पनि व्यापार घाटा ५ खर्बमाथि, आयातको दबदबा कायमै

काठमाडौँः चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा नेपालको वैदेशिक व्यापार उल्लेख्य रूपमा विस्तार भएको छ। निर्यातले पहिलोपटक तीन महिनामै खर्बको सीमा पार गरे पनि आयातको वृद्धिदर उच्च रहँदा...

बैंकको सेयर कर्जासँगै ब्रोकरको मार्जिन सुविधा, लगानीकर्ताका लागि के फरक?

बोनका अध्यक्ष डा गोपाल भट्टका अनुसार ब्रोकर प्रतिनिधिहरूसँगको छलफलमा २५ प्रतिशत आफ्नै मार्जिन राखेर बाँकी ७५ प्रतिशतसम्मको वित्तीय सुविधा लिन सकिने मोडेलबारे व्याख्या गरिएको छ।

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...

नीतिगत दरले बैंकको ब्याजदेखि बजारसम्म कसरी असर गर्छ?

नीतिगत ब्याजदर भनेको केन्द्रीय बैंकले अर्थतन्त्रमा कर्जा र पैसाको प्रवाहलाई प्रभावित गर्न निर्धारण गर्ने प्रमुख ब्याजदर हो। नेपालमा यस्तो दर नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत प्रयोग...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना