काठमाडौं– नेपालमा सबैभन्दा चाँडो वृद्धि भइरहेको टेक एसेसरी ब्राण्ड किक लाइफस्टाइलले आफ्नो सव ब्राण्ड नेक्साका ३ वटा उत्पादन सार्वजनिक गरेको छ। १९ वर्षीय नेपाली उद्यमी कुमुद बेगवानीद्वारा २०८० साउन २ मा स्थापित किक लाइफस्टाइल दराजमा हजार भन्दा माथि मुल्यका इयरबड बिक्री गर्ने अग्रणी ब्राण्ड बन्न सफल भएको छ, जुन राष्ट्रिय प्रविधि उद्योगको लागि उल्लेखनीय उपलब्धि हो।
अतुलनीय मुल्यमा नवीन प्रविधि प्रदान गरेकोले किकले नेपाली बजार कब्जा मात्र गरेको छैन यसको गुणस्तरीय उत्पादनहरुको पोर्टफोलियोले विश्व मन्चमा नेपालको नाम पनि राखेको छ। नेक्साको आगमनले यो यात्रालाई अझै उचाइ दिने विश्वास कम्पनीले गरेको छ।
कम्पनीले एउटा स्मार्टवाच र २ वटा इयरबडहरु गरी ३ वटा उत्पादनहरु सार्वजनिक गरेको हो। नेक्सा नेबुला एमोलेड स्मार्ट वाच प्रिमियम एमोलेड स्मार्ट वाच हो। जसको २.०१ इन्चको एमोलेड डिस्प्ले रहेको छ। यसमा एस्पिओ २ मोनिटरिङ्ग, हार्ट रेट सेन्सर, विभिन्न स्पोर्टस मोड लगायत अन्य थुप्रै आवश्यक हेल्थ फिचरहरु राखिएको छ। जिन्क एलोय मेटलबाट बनाइएको हुँदा यो टिकाउ हुनुको साथै आइपि ६७ डस्ट र वाटर रेसिस्ट्यान्स भएको हुँदा धुलो र पानी प्रतिरोधी रहेको पनि कम्पनीले जानकारी दिएको छ। यी सब सुविधायुक्त नेक्सा नेबुला एमोलेड स्मार्टवाच ३ हजार १९९ मा उपलब्ध छ।
त्यस्तै नेक्सा बड्स एक्स टेन एएनसिमा ३० डिबिको एक्टिभ नोइज क्यान्सलेसन भएको हुँदा बिना कुनै अवरोध आफ्नो मन पर्ने संगीतको आनन्द लिन सकिन्छ। यसको मुल्य २ हजार १९९ राखिएको छ। त्यस्तै नेक्सा बड्स जेड १० मा सेग्मेन्ट लिडिङ ४५ एमएस्को लो ल्याटेन्सी मोड भएको हुँदा गेम खेल्दा वा अन्य मल्टिमिडियाको काम गर्दा सिमलेस अडियो ट्रान्स्मिसनको अनुभव लिन सकिन्छ। यसको मुल्य १ हजार ८९९ रहेको छ ।
यी उत्पादनहरुको लन्चले सुपथ मुल्यमा गुणस्तरीय र नविन प्रविधियुक्त उत्पादनहरु उपलब्ध गराउने किक र यसको सव–ब्रान्ड नेक्साको प्रतिबद्धतालाई प्रष्ट पारेको छ। नेपालको टेक उद्योग फस्टाउँदै गर्दा यस्ता ब्राण्डहरुको आगमनले ग्राहकहरुको आवश्यकता त पुरा गर्छन् नै, विश्व बजारमा नेपालको पनि राम्रो पहिचान बन्छ।
यसरी नेक्साका लाइन–अपहरु दराजमा उपलब्ध हुनुले किक लाइफस्टाइललाई टेक एसेसरी स्पेसमा पायोनियरको रुपमा उभ्याउनुका साथै उत्कृष्टताको एउटा उदाहरण खडा गरेको छ। नवीन प्रविधियुक्त नयाँँ उत्पादन लन्चमार्फत ग्राहक सन्तुष्टि प्रदान गर्दै किक लाइफस्टाइल र नेक्सा नेपालको टेक ल्यान्डस्केपको भविष्यलाई आकार दिन तयार रहेको कम्पनीले जनाएको छ।


