काठमाडौँ- यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालमाथि दुर्व्यवहार भएको छ।
क्रान्तिकारी युवा संगठनले लाइसेन्स घोटालामा संलग्न भएको आरोप लगाउँदै उनलाई सोमबार कालोमोसो दलेर दुर्व्यवहार गरेको हो।
संगठनको एक समूहले उनलाई मीनभवनमा पुगेर कालोमोसो दलेको थियो।
नक्कली लाइसेन्स वितरण भएको भन्दै मन्त्रालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई छानबिनका लागि सिफारिस गरेको थियो।
रिजालले कार्यभार सम्हालेको करिब तीन महिना पुगेको छ। विभागका महानिर्देशक रिजालले आफूमाथि दुर्व्यवहार भएको बताए।
‘अफिस आउने क्रममा एक हुलले ममाथि दुर्व्यवहार गर्यो,’ उनले भने, ‘लाइसेन्स घोटालामा मेरो कुनै हात नभएपनि दुर्व्यवहार भयो।’


