काठमाडौँ– त्रिकोणात्मक टी-२० आई सिरिजअन्तर्गत तेस्रो खेलमा नामिबियाविले ३ बलमै २ विकेट लिएको छ।
योसँगै नेपालको चौथो विकेट पतन भएको हो।
सातौं ओभरको अन्तिम बलमा ओपनर अनिल साह २३ रन बनाउँदै आउट भए।
त्यसपछि आठौं ओभरको दोस्रो बलमा गुल्शन झा २६ रनमा आउट भए। गुल्शन आउट हुँदा नेपालको स्कोर ६४ रन थियो।
यसअघि कप्तान रोहित पौडेल १० रन र ओपनर आसिफ शेख १ रनमा आउट भएका थिए।
त्रिवि कीर्तपुर मैदानमा खेल जारी छ।


