काठमाडौँ- राष्ट्रियसभा अध्यक्षमा युवराज शर्मालाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव अस्वीकृत भएको छ।
राष्ट्रियसभा बैठकमा शर्माको विपक्षमा बहुमत सदस्य उभिएपछि उनलाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव अस्वीकृत भएको हो।
शर्माका पक्षमा नेपाली कांग्रेसका १६ र लोसपाका एक सांसदले मत दिएका थिए।
५६ सांसद सहभागी बैठकमा शर्माको विपक्षमा ३९ मत परेको थियो।
गठबन्धनबाट नारायण दाहाल उम्मेदवार छन्।


